नेकपा केन्द्रीय कमिटी बैठक स्थगित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ कार्तिक २०७७, बिहीबार ०५:१८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कात्तिक १५ देखि बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति निकालेर बैठक स्थगित भएको जानकारी दिएका छन् ।

विज्ञप्ति अनुसार अब नेकपा केन्द्रीय कमिटी बैठक मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ । महाधिवेशनको तयारीका लागि बोलाइएको बैठक स्थगित गर्न नेकपा अध्यक्षद्वय ओली-प्रचण्ड तयार भएपछि महासचिव विष्णु पौडेलको आग्रहमा विज्ञप्ति निकालिएको हो ।


कोरोना महामारीको बढ्दो प्रकोपको कारण पूर्वनिर्धारित बैठक स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ । तर, अघिल्लो मंगलबारदेखि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच संवादहीनता छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१