मानिसको शरीरमा फेला पर्यो नयाँ अंग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ कार्तिक २०७७, बुधबार ०४:१७

एजेन्सी । वैज्ञानिकहरुले मानिसको शरीरमा एक नयाँ अंग पत्ता लगाएका छन् । नेदरल्याण्डका वैज्ञानिकहरुले एक नयाँ क्यान्सरबारे खोज गरिरहेको बेला उनीहरुले घाँटीमा एक नयाँ अंग पत्ता लगाएका हुन् ।

खोजकर्ताहरुले मानिसको घाँटीको माथिल्लो भागमा ग्रन्थीहरुको एक समुह फेला पारेका हुन् । वैज्ञानिकहरुले शरीरमा पत्ता लगाइएको यस अंगको Tubarial salivary glands दिएका छन् । यसले नाकलाई ओसिलो बनाइ राख्न मद्दत गर्दछ ।

Radiotherapy and Oncology जर्नलमा प्रकाशित रिपोटका अनुसार वैज्ञानिकहरुले रेडिएसन उपचारको सन्दर्भमा ग्रन्थीहरुलाई प्रभावित पारिन्न जसले गर्दा मानिसहरुलाई फाइदा पुग्दछ ।

नेदरल्याण्डको एम्सटर्डमको क्यान्सर इष्टिच्यूटका वैज्ञानिकहरु प्रोस्टेट क्यान्सरको परीक्षणका लागि तयार गरिएको PSMA PET-CT नामको स्क्यानको परीक्षण गरिरहेका थिए । यसै बेला चिकित्सकहरु एक रेडियोएक्टिभ ट्रेसरको बिरामीको शरीरमा घुसाउँदछन् ।

रेडियोएक्टिभ ट्रेसरको कारणले नै नयाँ अंगको पत्ता लागेको हो । वैज्ञानिकहरुले ग्रन्थीहरुको समुहको लम्बाई १.५ इन्च रहेको बताएका छन् । यो salivary glands जस्तै रहेको छ । अध्ययनको समयमा परीक्षणमा रहेका १०० बिरामीहरु सबैमा यो अंग रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१