एनआरएनए कतारद्वारा ७ हजार ८ सय नेपालीलाई राहत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ आश्विन २०७७, आईतवार ०४:३६

दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले कोरोना संक्रमण सुरु भएयता ७ हजार ८३१ जना नेपाली कामदारहरुलाई राहत वितरण गरेको जनाएको छ ।

विभिन्न संस्थाहरुसँग हातेमालो गर्दै कतारको विभिन्न ठाउँमा रहेका नेपालीहरुलाई खाद्यान्न वितरण गरिरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष मोहम्म्द मुक्तदा मुसलमानले जानकारी दिए ।

कतारस्थित नेपाली दूतावासको संयोजनमा कतार च्यारिटीद्वारा प्राप्त खाद्यान्न तथा अन्य संस्थाहरुले गरेको सहयोग कतारमा रोजगारी गुमाएका नेपाली कामदारलाई वितरण गर्ने कार्य जारी रहेको अध्यक्ष मुसलमानले बताए ।

कतारमा स्थापित नेपाली संघ संस्थाहरूबाट प्राप्त राहत गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारद्वारा गठित उद्धार तथा राहत वितरण समितिले गरिरहेको उनले बताए ।

कोरोना महामारीका कारण समस्यामा परेका नेपाली श्रमिकहरुलाई कतारको सरकारी संस्था कतार च्यारिटीले पहिलो चरणमा डेढ करोड रुपैयाँ बराबरको खाधान्न सामग्री उपलब्ध गराएको थियो ।

यस्तै ईदको अवसर पारेर दोस्रो चरणमा ९५ लाख बराबरको खाधान्न सामग्री उपलब्ध गराएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१