हिमाल आरोहणका लागि बहराइनका राजकुमार नेपालमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ आश्विन २०७७, आईतवार ०४:५६

काठमाडौं । सरकारले २० लाख पर्यटक भित्र्याउने उदेश्य सहित नेपाल भ्रमण वर्ष २०२० को घोषण गरेको थियो । तर, भ्रमण वर्ष सुरु हुनुअघि नै कोरोना भाइरस (कोभिड–१९) महामारीले सम्पूर्ण गतिविधि ठप्प भयो ।

पर्यटकीय गतिविधी शुन्यमा आयो । नेपालमा कोरोना संक्रमणको दर बढ्दो छ । यद्यपी सरकारले सबै स्वास्थ्य मापदण्ड अपनाएर लकडाउन खुकुलो बनाएको छ । क्रमशः सबै क्षेत्र खुला गर्ने क्रम सुरु गरेको छ ।

कार्तिक १ गतेदेखि नेपाल भ्रमणमा आउन चाहने पर्यटकहरु आउन सक्नेछन् । महामारीकै बीच झन्डै ९ महिना सुनसान रहेको नेपाली पर्यटन क्षेत्र सूचारु हुने संकेत देखिएको छ ।

सुरुवात बहराइनको राजपरिवारबाट भएको छ । बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफा हिमाल आरोहणका लागि आफ्नो १८ सदस्यीय टोलीसहित बुधबार नेपाल आएका छन् ।

उनीहरु सोलुखम्बुको खुम्बु क्षेत्रमा पर्ने लबुचे हिमाल र उत्तरी गोरखाको मनास्लु हिमाल आरोहण गर्नका लागि नेपाल आएका हुन् । उनीहरु सेभेन समिट ट्रेक्स प्रा.लि. मार्फत आरोहणका लागि नेपाल आएका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१