आफ्नै अंकलकी २२ वर्षीय छोरीलाई अपरण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ भाद्र २०७१, सोमबार ०५:४५
गुजरात ।भारतको गुजरात राज्यको सुरतमा एक युवकले आफ्नै अंकलकी छोरीलाई विवाह गर्ने उद्देश्यले अपहरण गरेपछि हंगामा भएको छ । २३ वर्षीय मनोज भाग्यासियाले आफ्नै अंकलकी २२ वर्षीय छोरीलाई अपरण गरेर भाग्न खोज्दा आफन्तले थाहा पाएका थिए ।आफ्नै बहिनी अपहरण गरेर भागेका ती युवक आफन्तले चाल पाएपछि बहिनीलाई फुफुको घरमा छोडेर आफू मुम्बइ तर्फ भागेको अवस्थामा समातिएको प्रहरीले जनाएको छ ।
टाइम्स अफ इण्डियाका अनुसार पीडित युवती कापोदोरा मन्दिर नजिकै बसिरहेको समयमा दाइ आएर घर सम्म पुर्‍याइदिने भन्दै नजिकैको आवाशीय इलाकामा पुर्‍याएका थिए । त्यहाँ पुगेर आफूसँग विवाह गर्न बहिनीलाई दवाव दिँदै उनले विवाह नगरे परिवारका सदस्यको हत्या गरेर आत्मत्या गर्ने चेतावनी समेत दिएका थिए ।
तर पछि ती युवतीलाई फुफुको घरमा छोडेर छिट्टै फर्किने भन्दै मुम्बइ तर्फ लागेका थिए । ती युवक नफर्किँदै प्रहरी र आफन्तले युवतीलाई उद्दार गरेका थिए । प्रहरीले युवकले आफ्नै बहिनी पर्ने युवतीलाई एक तर्फी प्रेम गरेको हुन सक्ने अनुमान गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१