राउटेले पहिलो पटक समयमै भत्ता पाए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ भाद्र २०७५, बुधबार ०९:४९

दैलेख  ।  राउटेले पहिलो पटक समयमै भत्ता पाएका छन् ।गत साता गुराँस गाउँपालिकाले राउटेलाई भत्ता उपलब्ध गराएको हो । गाउँपालिकाका अध्यक्ष खेमराज ओलीसँग उनीहरुले समयमै भत्ता उपलब्ध गराउन माग गर्दै आएका थिए । गुराँस गाउँपालिका–८ गर्चास्थित पातले खोला किनारमा बसोबास गर्दै आएको राउटे समुदायलाई गाउँपालिकाले प्रतिव्यक्ति रु दुई हजारका दरले भत्ता उपलब्ध गराएको हो ।

राउटे समुदायका १५२ जनालाई सामाजिक सुरक्षा भत्ताबापत जनही रु दुई हजारका दरले रकम वितरण गरिएको अध्यक्ष ओलीले जानकारी दिनुभयो । “गाउँपालिकाले राउटेलाई पहिलो पटक मासिक भत्ता उपलब्ध गराएको हो,” उहाँले भन्नुभयो । फिरन्ते शैलीमा जीवनयापन गर्दै आएको राउटे समुदायलाई गाउँपालिकाले गत असार ३० गते परिचयपत्र वितरण गरेको थियो । परिचयपत्र वितरण गरेसँगै साउन महिनाको भत्ता उपलब्ध गराएको अध्यक्ष ओलीले बताउनुभयो ।“सरकारलाई धन्यवाद छ, हामीले मासिक भत्ता पाउन थाल्यौँ,” राउटे मुखिया सूर्यनारायण शाहीले भन्नुभयो, “अब मेरा जनता खुशी हुने भए ।” खानेकुराको जोहो गर्न खर्च नहुँदा उधारोमा काम चलाएको उहाँले सुनाउनुभयो । “यो भत्ता पहिलाको उधारो तिर्नमै ठिक्क हुन्छ,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१