काठमाडौं ।आजबाट नयाँ मुलुकी ऐनको लागू हुँदैछ तर आजै नयाँ मुलुकी ऐनको विरोधमा आज अनामनगरको हनुमानथान अगाडि गाईलाई राष्ट्रिय जनावर बनाएको विरोधमा एक युवाले सडकमा नाङ्गै प्रदर्शन गरेका छन् ।उनले नयाँ मुलुकी ऐन र गाईलाई राष्ट्रिय जनावर बनाएको विरोध गरेका हुन् ।
सार्वजनिक स्थानमा अश्लिलता प्रदर्शन गरेको आरोपमा उनलाई पक्राउ गरिएको बुझिएको छ। नाङ्गै प्रदर्शन गर्ने युवाको परिचय खुलिनसकेको सिंहदरबार प्रहरी बृत्तले जानकारी दिएको छ ।उनको छातीमा ‘सरकार मुर्दावाद’ लेखिएको र यौनांग ‘जनावर सबै एक हुन, कानुन सबलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधर गर, गाईलाई राष्ट्रिय जनावरबाट बदली गर’ लेखिएको प्लेकार्डले छोपिएको थियो ।
प्रतिक्रिया