चक्रपथ सरसफाईमा जनलहर फैलदै,जुटे काठमाण्डौ सिडियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ बैशाख २०७५, शनिबार १८:०२

काठमाडौं ।  काठमाडौंको चक्रपथ सरसफाई महा-अभियानले ५६ औ हप्ता पार गरेको छ । यसै अबसरमा काठमाण्डौका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा चक्रपथ सरसफाईमा  जुटेका छन् ।

काठमाण्डौं रिंगरोडको  तिलगंगा आखा अस्पतालको सडक  दाँया बाँयाको अब्यबस्थित टहराहरु हटाउने देखि फोहोरलाई ब्यबस्थापन गरिएको थियो । सिडियो  भन्छन् अब हामीले हाम्रो ठाउँ समाज र देशको सरसफाइ आफैले गर्ने हो अरुले आएर गरिदेला भनेर आशा गर्नु हुन्न भन्दै  सफाई अभियानलाई सकारात्मक संदेशका साथ लाग्ने हो भने फोहोरलाई ब्यबस्थापन गर्न सजिलै सकिने बताउनुभयो ।

थप जिज्ञासा राख्दै चक्रपथ सरसफार्इ महा-अभियानमा आफ्नो निरन्तर साथ रहने भन्दै हरेक निकायले यस अभियानलाई साथ  दिने बताउनुभयो  ।

लोकवहादुर टण्डनको  अगुवाईमा सुरु भएको चक्रपथ सरसफार्इ महा-अभियानले शनिवारदेखि ५६   औं हप्ता पुरा भएको  छ । सफाइ अभियानले फोहोर संकलन गरि सबैमा सचेतना समेत आव्हान गरिरहेको छ ।

प्रत्येक हप्ताशनिबार बिहान ७ देखि ९ बजे सम्म फोहर संकलन अभियानमा काठमाडौ महानगरपालिका , टोखानगरपालिका , नेप्सेम्याक,लायन्स क्लब , ग्रिनसिटी अस्पताल, यतिहेल्थ साइन्स एकेडेमी, आमा समुह ,होटल ब्यबसायी संघ , हिमालय बाताबरण सस्था , पत्रकार ,कलाकार , राजनीतिज्ञ , प्रहरी सशस्त्र प्रहरी , नेपाली सेनाको समेत सहभागिता हुने गरेको छ । बिभिन्न संघसंस्थाको सहयोगमा स्वतःस्फूर्त रुपमा सरसफाई अभियान सञ्चालन हुदै आएको छ । कार्यक्रममा अपाङ्गहरुको बिसेष सहभागिता समेत रहेको थियो  ।

सफाई अभियानबाट ५६ औ हप्तामा १८ टन फोहोर संकलन गर्यो भने ६००  अभियान्तको सहभागिता रहेको थियो ।

चक्रपथमा बढदो सवारी चाप एवं मानिसको चापका कारण दिन प्रतिदिन बढदो फोहर र धुलोका कारण सर्वसाधारण एवं पर्यटकहरुलाई आवागमनमा सास्ती पुगेका कारण चक्रपथ सफाई अभियानको थालनी गरिएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१