फस्टायो यौनधन्दा : श्रीमान बिदेशमा भएकाहरुदेखि बिद्यार्थीसम्म संलग्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ बैशाख २०७५, बुधबार ०५:४९

मोरङ । केही समयअघि सम्म रेडलाईट एरियाकै रुपमा परिचित सुनसरीको ईटहरी,झापाको दमक,बिर्तामोड,लगायत राजमार्गका केही होटलहरुमा प्रहरीले निगरानी बढाएपछि केही कमी भएको यौनजन्य क्रियाकलाप फेरी बढेको छ । यौनकर्मीहरु फेरी सल्बलाउन थालेका छन । केहीदिनयता सुनसरीको ईटहरी र झापाको बिर्तामोडका होटलमा प्रहरीले मारेको छापा र त्याँहा पक्राउ परेका यौनकर्मीहरुको बयानका आधारमा यौन ब्यबसाय फेरी फस्टाएको पुष्टि भएको छ । पक्राउ पर्नेहरुमा कक्षा ११ र १२ मा अध्यायनरत युवतीदेखि अधिकांश श्रीमान बिदेशमा रहेका महिलाहरु रहेका छन ।  राजमार्गका आसपासमा खुलेका बग्रेल्ती क्याविन रेष्टुरेन्टहरुले खुलेआम रुपमा यौनधन्दा चलाईरहेको पाईएको छ । कतिपय त्यस्ता गतिबिधि हुने होटलहरुमा प्रहरीले नै कमिसन लिएर संरक्षण गरिरहेको समेत पाईएको छ ।

झापामा ९ जना रंगेहात पक्राउ

झापाको बिर्तामोड नगरपालिका–५ मा रहेको रामेश्वर द्धिवेदीले संचालन गरेको आँगन होटल एण्ड लजबाट अनैतिक क्रियाकलापमा संलग्न ९ जना रंगेहात पक्राउ परेका छन । पक्राउ पर्नेमा बुद्धशान्ति–२ बस्ने बर्ष २५ को अभिषेक चम्लागाई, भारत ठाकुरगंज सहुडाँगी किसनगंज बस्ने बर्ष ३० का धिरज कुमार राय, सोही ठाँउका बर्ष ३५ का चन्दन कुमार सिन्हा, बर्ष २६ का गौतम कुमार सिंह, बर्ष ४० का अब्दुल सुभान,बुद्धशान्ति–१ बस्ने बर्ष ४२ का निर्मल घिमिरे, हल्दिबारी–३ बस्ने बर्ष २२ की सुजता तामाङ,भारत सिलिगुढी दार्जि्लिङ सालबाडी बस्ने बर्ष २४ की निमा शेर्पा, दमक–९ बस्ने बर्ष २४ की आशिका कोईरालालाई पक्राउ गरिएको छ । यस्तै तिरुपति होटलका संचालक अर्जुन रसाईली र दिपक पाँचकोटी समेतको मिलेमतोमा निमा शेर्पा, आशिका कोईराला र सुजता तामाङ समेत पक्राउ परेका छन ।

ईटहरीमा २५ जोडी पक्राउ

ईटहरीका होटलहरुमा प्रहरीले निगरानी बढाउँदा २५ जोडी पक्राउ परिसकेका छन बुधवार ९ र बिहिवार २ पटक गरी २५ जोडी पक्राउ परेका हुन । ईलाका प्रहरी कार्यालत्रय ईटहरीका अनुसार पक्राउ परेका मध्ये पेशेवर रुपमा यौनधन्दा सञ्चालन गरेको आरोपमा तीन महिला र एक पुरुषलाई सार्बजनिक अपराध ऐन अन्तरगत मुद्दा चलाईएको छ ।

चारजना पटक पटक पक्राउ पर्दै छुटेकाले मुद्दा चलाईएको प्रहरी निरिक्षक राजन कार्कीले जानकारी दिएका छन । २ दिनको अबधिमा पक्राउ परेका जोडीमध्ये एक जोडी १२ कक्षामा अध्ययरत बिद्यार्थी रहेका छन । कक्षा १२ को परिक्षा शुक्रवारदेखि शुरु भएकाले उनीहरुको अभिभावकलाई बोलाएर जिम्मा दिईएको बताईएको छ । पक्राउ पर्ने अन्य महिलाहरुमा श्रीमान विदेश गएका अधिकांश महिला रहेकोमा उनीहरुलाई पनि परिवार विखण्डन नहोस् भन्दै आईन्दा गल्ती नगर्ने शर्तमा छाडिएको प्रहरी निरिक्षक कार्कीको भनाई छ ।

कतिपय होटलमा प्रहरीकै संरक्षण

पछिल्लो समय राजमार्ग आसपासका अधिकांश होटलमा यौनजन्य क्रियाकलाप हुने गरेको छ । कतिपय होटलका कारण आसपासका बासिनदालाई समेत बस्न कठिन हुने अबस्था रहेको छ । पटक पटक प्रहरीलाई स्थानीयले यसबारेमा जानकारी गराएपनि प्रहरी छापा मारेको नाटक गर्छ अनि केही नभेटिएको बताउँछ । कतिपय होटलहरु प्रहरीलाई पालेकै छ कस्ले के गर्छ भन्दै खुलेआम रुपमै यौन ब्यबसाय सञ्चालन गरिरहेका छन ।

ईटहरीमा बिनोद शर्माको चर्चा

कुनैबेला दैलेखका पत्रकार डेकेन्द थापाको हत्यारालाई पक्राउ गरेर चर्चामा आएका डिएसपी बिनोद शर्मा पुर्बको रेडलाईट एरिया भनिने ईटहरीमा आएर यौनजन्य गतिबिधि निर्मुल पारे । उनले थुप्रै यौनकर्मीहरुलाई मुद्धा नै चलाए । कतिपय त अहिले पनि मुद्धा खेपिरहेका छन । उनको पालामा ईटहरीमा उनलाई नसोधी झण्डै हावा पनि नचल्ने अबस्थामा पुग्यो । उनले ईटहरीको यौन ब्यबसायमा कडाई गरेपछि लगभग ईटहरीको परिचय ने बदलियो । उनको सरुवा भएसँगै फेरी यौन ब्यबसाय र ब्यबसायी सल्बलाउन थालेका छन । ईटहरीका बासिन्दाले फेरी एकपटक बिनोद शर्मा जस्तै डिएसपी ईटहरीमा चाहेका छन । जस्का कारण ईटहरीका सुनौलो भविश्यमा फेरी दाग नलागोस । र फेरिएको ईटहरीको परिचय स्थापित होस ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१