गैरआवासीय नेपाली संघ (एनआरएनए) समेत जुट्यो चक्रपथ सरसफाई अभियानमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ बैशाख २०७५, आईतवार ०५:४२

काठमाडौं ।  काठमाडौंको चक्रपथ सरसफाई महा-अभियानले ५५  औ हप्ता पार गरेको छ । यसै अबसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्ट काठमाडौंको चक्रपथ सरसफाईमा  जुटेका छन् ।

काठमाण्डौं रिंगरोडको  पिङलास्थान गौशालाबाट शुरु भएर तिलगंगा आखा अस्पतालको सडक  दाँया बाँया सफाई  भैरहदा सडकमा एकाविहानै हुल मानिसहरु धमाधम सडक सफा गरिरहेको देख्दा वरपरका मान्छे निकै अचम्मित भएका थिए  । भवन भट्ट भन्छन् अब हामीले हाम्रो देशको सरसफाइ आफैले गर्ने हो अरुले आएर गरिदेला भनेर आशा गर्नु हुन्न भन्दै  सफाई अभियानलाई सकारात्मक संदेशका साथ लाग्ने हो भने फोहोरलाई ब्यबस्थापन गर्न सजिलै सकिने बताए।

थप जिज्ञासा राख्दै चक्रपथ सरसफार्इ महा-अभियानमा आफ्नो निरन्तर साथ रहने भन्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) यस अभियानलाई पूर्ण रुपमा साथ दिने   बताउनुभयो  ।

लोकवहादुर टण्डनको  अगुवाईमा सुरु भएको चक्रपथ सरसफार्इ महा-अभियानले शनिवारदेखि ५५  औं हप्ता पुरा भएको  छ । सफाइ अभियानले फोहोर संकलन गरि सबैमा सचेतना समेत आव्हान गरिरहेको छ ।

प्रत्येक हप्ताशनिबार बिहान ७ देखि ९ बजे सम्म फोहर संकलन अभियानमा काठमाडौ महानगरपालिका , टोखानगरपालिका , नेप्सेम्याक,लायन्स क्लब , ग्रिनसिटी अस्पताल, यतिहेल्थ साइन्स एकेडेमी, आमा समुह ,होटल ब्यबसायी संघ , हिमालय बाताबरण सस्था , पत्रकार ,कलाकार , राजनीतिज्ञ , प्रहरी सशस्त्र प्रहरी , नेपाली सेनाको समेत सहभागिता हुने गरेको छ । बिभिन्न संघसंस्थाको सहयोगमा स्वतःस्फूर्त रुपमा सरसफाई अभियान सञ्चालन हुदै आएको छ । कार्यक्रममा अपाङ्गहरुको बिसेष सहभागिता समेत रहेको थियो  ।

ग्रिनसिटी अस्पतालको सयोजनमा प्रारंभ गरिएको सफाई अभियानबाट ५५  औ हप्तामा १८ टन फोहोर संकलन गर्यो भने २५०  अभियान्तको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१