६५ वर्षमै वृद्धभत्ता ! भूकम्पपीडितलाई थप एक अनुदान रकम बढाउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ माघ २०७४, बिहीबार ०५:२९

काठमाडौं । सरकारले भूकम्प तथा बाढी पीडितहरुलाई दिँदै आएको अनुदान रकम बढाउने निर्णय गरेको छ । सरकारले भूकम्प तथा बाढी पीडितहरुलाई अनुदान स्वरुप दिँदै आएको रकममा १ लाख थप गर्ने निर्णय गरेको हो ।

‘सरकारले भूकम्प पीडित र बाढी पीडितलार्इ अहिले दिएको रातहमा एक लाख रुपैयाँ थप गरिदिने निर्णय गरेको छ । अनुदान पाउने समय सकिएको अवस्थामा बढाउने निर्णय गरेको छ’ सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

सरकारले यसअघि भूकम्प पीडितलाई अनुदानस्वरुप ३ लाख रुपैयाँ दिँदै आएकामा थप एक लाख रुपैयाँ दिने निर्णय गरेको हो । बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले पीडितहरुलाई राहत स्वरुप दिँदै आएको रकम बढाउने निर्णय गरेको हो ।

बैठकले सामाजिक सुरक्षावापत जेष्ठ नागरिकले पाउने भत्ता पनि ६५ वर्षमै पाउने निर्णय गरेको छ । यसअघि ७० वर्षको उमेरमा मात्र पाइने बृद्ध भत्ताको उमेरलाई घटाएर ६५ वर्ष कायम गरेको सूचना तथा सञ्चार मन्त्री मोहन बस्नेतले जानकारी दिए ।

त्यसैगरी सरकारले ४ जना महासेनानीलाई बढुवा गर्ने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१