मेची बन्द फिर्ता, यातयात संचालकको दादागिरीले पाँ‌च दिन यात्रुलार्इ सास्ती

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ श्रावण २०७१, आईतवार १९:२४

झापा,२५ साउन । यातयात व्यवासायीले पाँच दिनदेखि लगातार गर्दै आएको मेची बन्द फिर्ता लिएका छन्। स्थानीय प्रशासनसँगको वार्तापछि उनीहरूले बन्द फिर्ता लिएका हुन्।download (2)
यातयात व्यवसायीले मेची अंचलमा आफ्नो एकाधिकार कायम राख्न पाँच दिनदेखि बन्द आव्हान गरेर सर्वसाधारणलाई सास्ती दिएका थिए। यातयात संचालकको यो दादागिरी र प्रहरी प्रशासनको उदासिनताका कारण पाँच दिनदेखि अवरुद्ध मेची अंचलको यातयात अझै सुचारु हुन सकेको थिएन।

अपरान्ह तीन बजे जिल्ला विकास समिति झापामा वार्ताको आयोजना गरिएको झापाका प्रहरी प्रमुख एसपी मुकुन्दराज आचार्यले जानकारी दिए । उनले भने, ‘आजका लागि वार्ता बोलाइएको छ। हेरौं वार्ताले के रिजल्ट दिन्छ।’

विगत पाँच दिनदेखिको लगातार यातायात बन्दका कारण पूर्वाञ्चलको जनजीवन कस्टकर बन्दै गएको छ। नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ आबद्ध यातायात व्यवसायी तथा मजदुर संगठनहरुले आह्वान गरेको बन्दका कारण विगत पाँच दिनदेखि सार्वजनिक यातायातका साधन सडकमा चल्न सकेका छैनन्।

उज्यालो यातायात संघले काँकडभिट्टाबाट लामो दुरीका बस सञ्चालन गर्न सुरु गरेपछि उज्यालोको दर्ता खारेजीको माग गर्दै यातायात व्यवसायी तथा मजदुर संगठनहरु आन्दोलनमा उत्रेका हुन् । मेची बस व्यवसायी संघ लगायत अन्य यातायात व्यवसायी संघहरुले विगत लामो समयदेखि झापाको सार्वजनिक यातायात क्षेत्रमा एकाधिकार जमाएका थिए । उज्यालो यातायात संघका यात्रु बस सञ्चालनमा आए लगत्तै उनीहरु बन्दको आह्वान गर्दै आन्दोलनमा उत्रेका हुन् ।

गत शुक्रबार नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ आबद्ध मजदुरको आक्रमणबाट उज्यालो यातायात संघद्धारा सञ्चालित यात्रु बसका एकजना चालक घाइते भएका थिए । काँकडभिट्टाबाट काठमाण्डौका लागि छुटेको ना. ४ ख ५८७२ नम्बरको यात्रु बसमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको धाइजन छेउ उक्त बसलाई यातायात मजदुरले आक्रमण गरेका थिए । मजदुरले गुलेली हानेर चालक तारा डाँगीको अनुहारभरि चोट लागेको छ । उनको अनुहारमा सिसाको टुक्राले काटेको छ।

उज्यालोले प्रहरीको स्कर्टिंगमा यात्रुबस सञ्चालन गर्दै आएको छ । तर दिनहुँ काँकडभिट्टाको स्थिति तनावग्रस्त बन्ने गरेको छ । उज्यालोको काउन्टरलाई प्रहरीले सुरक्षा दिएको छ । काठमाण्डौ जान चाहने यात्रुको त्यहाँ दैनिक भीड लाग्ने गरेको छ । बन्दकर्ताले बिहिबार साँझ पनि बिर्तामोडमा उज्यालो यातायातको दुई वटा बस तोडफोड गरेका थिए।

काँकरभिटाबाट काठमाडौँका लागि हिँडेको ना.५ ख १६०६ र ना.५ ख २२९१ नम्बरको बस तोडफोड भएको थियो। स्कर्टिङ गरी काँकरभिटाबाट ल्याउँदै गर्दा बिर्तामोडको पश्चिम बस स्टेण्ड छेउमा बन्दकर्ताको ढुङ्गा प्रहारबाट बसको अगाडिको सीसा फुटेको छ । ढुङ्गा प्रहार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले राजमार्गमा तेर्स्याइएका बस हटाएपछि उज्यालोका बस सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१