टीजेएफ–नेपालको टोली भोली सिन्धुपाल्चोक प्रस्थान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ श्रावण २०७१, आईतवार १९:०२

काठमाडौँ ,२६  साउन । नेपाल पर्यटन पत्रकार मञ्च (टीजेएफ–नेपाल)ले सिन्धुपाल्चोक दैवीक प्रकोप क्षेत्रको अनुसन्धानात्मक प्रतिवेदन तयार पार्ने भएको छ ।425996_1448562648739402_3929580780833439424_n

नेपाल पर्यटन पत्रकार मञ्च (टीजेएफ–नेपाल)को टोली सिन्धुपाल्चोक पहिरो पीडितहरुको अवस्था बुझन स्थलगत अध्ययन अवलोकनमा जादैछ । मञ्चका अध्यक्ष शिव अधिकारीको नेतृत्वमा २१ सदस्यीय टोली  जान लागेको हो ।

सिन्धुपाल्चोक मांखा गाविस जुरेमा गत श्रावन १७ गते गएको भीषण पहिरोले आम नेपालीलाई स्तब्ध बनाएको छ । यस विपतिमा परेका पीडितहरुको सहयोगार्थ विभिन्न निकायहरुले आआफ्नो क्षेत्रबाट प्रयास अघि बढाइरहेका छन् । सरकार तथा विभिन्न निकायले त्यस क्षेत्रको पहिरो पीडितहरुको लागि उपलब्ध गराएको राहत कसरी वितरण भइरहेको छ ? 10606112_1448578545404479_3129527050729619289_nराहत वास्ताविक पीडितहरुले पाइरहेका छन् कि छैनन् ? पहिरो पीडितहरुको अवस्था कस्तो छ ? पहिरोबाट त्यस क्षेत्रमा घुम्न गएका आन्तरिक तथा वाह्य पर्यटकहरुलाई कस्तो असर पारेको छ ? यी यस्ता विषयहरुमा टोलीले विस्तृत अध्ययन अनुसन्धान गरेर प्रतिवेदन तयार पार्नेछ ।10383583_1462880540644067_6718469289819173926_n

टीजेएफ–नेपालको सिन्धुपाल्चोक स्थलगत अवलोकनबाट आम पर्यटन व्यवसायी तथा सम्बन्धित निकायमा जागरण आउने अपेक्षा गरिएको छ । उक्त कार्यक्रमको लागि हाइवे स्टर भेइकल सर्भिस प्रा.लि. र आउट फिटर नेपाल टे«क्स एण्ड एक्सपीडिसन प्रा.लि.ले सहयोग गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१