किशोरी बलात्कार गरेको आरोपमा ६४ वर्षका पूर्व हवल्दार पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ श्रावण २०७१, आईतवार ०७:१४

महेन्द्रनगर, २५ साउन  । कञ्चनपुरको दैजी गाविस–४ बगुनका एक ६४ वर्षका बृद्ध बलात्कारको आरोपमा पक्राउ परेका छन् ।
मानसिक सन्तुलन ठिक नभएकी १५ वर्षकी किशोरी बलात्कार गरेको आरोपमा स्थानीय महिलाले बृद्ध दशरथ भट्टलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएका हुन् ।download (1)
घरमा कोही नभएको मौका छोप्दै नेपाल प्रहरीका सेवानिवृत्त हवल्दार भट्टले किशोरीमाथि बलात्कार गरेको स्थानीय महिलाले आरोप लगाएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानबहादुर सेटीले बताउनुभएको छ ।
स्थानीय महिलाले युवतीमाथि बलात्कार गरेको दाबीसहित भट्टलाई नियन्त्रणमा लिई प्रहरीसमक्ष बुझाएको उहाँले बताउनुभयो । किशोरीको यौनाङ्गबाट रगत बगिरहेको र बेहोस अवस्थामा फेला पारेको स्थानीय मीनबहादुर गिरीले बताउनुभयो । प्रहरीले बलात्कारको आरोप लागेका भट्टलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१