पोखराका सडकहरु अब लोडसेडिङको अध्याँरोमा पनि चम्किने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ श्रावण २०७१, शनिबार १९:२०
पोखरा ,२४  साउन ।  प्रमुख पर्यटकीय गन्तव्य पोखराका सडकहरु अब लोडसेडिङको अध्याँरोमा पनि चम्किने भएका छन् । पर्यटकहरुको गतिविधि बर्षैभर हुने भएपनि सडकलाई समयानुकुल सुधार हुन नसक्दा असुरक्षाको भय चौतर्फी बढिरहेको थियो । तर अब पर्यटकसहित स्थानीयवासीले पनि सडकमा हरेक समय उज्यायोलको साथ पाउने भएका छन् ।
सौर्य सडकबत्ति जडान गरेर पोखराको लेकसाईड र न्यूरोड क्षेत्रलाई २४ सै घण्टा उज्यालो बनाइएको छ । जडान भएका मध्ये एक दुई बाहेक सबै बत्ती बल्न शुरु गरि सकेका छन् । पोखरा घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षा र सुविधाको लागि सौर्यसडकबत्ति जडान गरिएको सरोकार वालाको भनाई छ । सोलार वत्तिको एक कार्यक्रमबीच उपप्रधान एवं स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले शुभारम्भ गुर्नभएको हो ।Photo: पोखराका सडकहरु अब लोडसेडिङको अध्याँरोमा पनि चम्किने</p>
<p>प्रमुख पर्यटकीय गन्तव्य पोखराका सडकहरु अब लोडसेडिङको अध्याँरोमा पनि चम्किने भएका छन् । पर्यटकहरुको गतिविधि बर्षैभर हुने भएपनि सडकलाई समयानुकुल सुधार हुन नसक्दा असुरक्षाको भय चौतर्फी बढिरहेको थियो । तर अब पर्यटकसहित स्थानीयवासीले पनि सडकमा हरेक समय उज्यायोलको साथ पाउने भएका छन् ।<br />
सौर्य सडकबत्ति जडान गरेर पोखराको लेकसाईड र न्यूरोड क्षेत्रलाई २४ सै घण्टा उज्यालो बनाइएको छ । जडान भएका मध्ये एक दुई बाहेक सबै बत्ती बल्न शुरु गरि सकेका छन् । पोखरा घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षा र सुविधाको लागि सौर्यसडकबत्ति जडान गरिएको सरोकार वालाको भनाई छ । सोलार वत्तिको एक कार्यक्रमबीच उपप्रधान एवं स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले शुभारम्भ गुर्नभएको हो ।<br />
.<br />
पोखरा उप–महानगरपालिका, पोखरा पर्यटन परिषद, नयाँसडक सुधार समिति र सेन्टर फर इन्क्लुसिभ ग्रोथ (सिआईजी) को संयुक्त पहलमा लेकसाइड र न्यूरोड क्षेत्रमा सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत सडक सौर्य बत्ति जडान गरि बल्न शुरु गरिएको हो । पोखराको लेकसाईडको सहित चोक देखि खहरेचोकसम्म तथा न्यूरोडको सभागृहचोकदेखि चिप्लेढुंगासम्म हरेक ३० मिटरको दुरीमा सडक बत्ति रहनेछन् । प्रत्येक बल्वको क्षमता ४० वाटको रहेको छ । लेकसाईड क्षेत्रमा मात्र १ सय ३ र न्यूरोडमा ७६ वटा सौर्य सडकबत्ति जडान भएका छन् । यी सडकबत्तिको आयु २५ वर्ष हुनेछ । ‘सडकको दुईतर्फी बत्ति राख्दा त्यस क्षेत्रमा १५ मिटरको फरकमा हुनेछ । लेकसाइड क्षेत्रमा सडक बत्ति राख्नका लागि पोखरा उपमहानगरपालिकाले ४५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । त्यस्तै लेकसाइडका पर्यटन व्यवसायी सहित स्थानीयबासिले २८ लाख, न्यूरोडका बासिन्दाले १७ लाख ५६ हजार, वैकपल्पिक उर्जामार्फत १ करोड तीन लाख रुपैयाँ सहयोगबाट सौर्य उज्यालोको व्यवस्था गरिएको हो । सिआईजीले पनि ५८ लाख रुपैयाँ बराबरको प्राविधिक सहयोग गरेको छ । पोखराका सडकमा गरिएको यो व्यवस्थाले पोखराको सुन्दरतामा थप आकर्षण थपेको छ ।
.

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१