तीन महिनाका लागी कृष्ण धरावसीको ‘झोला’ दक्षिण कोरियामा । हेर्ने हो की ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ श्रावण २०७१, शनिबार १८:५९

काठमाडौँ – चर्चित साहित्यकार कृष्ण धरावसीको कथामा बनेको चलचित्र ‘झोला’ को दक्षिण कोरियामा च्यारिटी शो हुने भएको छ ।
korea
झापा मिलन समाज दक्षिण कोरियाले स्थापना गरेको पाथिभरा हाउस संचालनमा सहयोग पु¥याउने उद्धेश्यले चलचित्रको प्रदर्शन गर्न लागिएको कार्यक्रमका संयोजक पवन चाम्लिङ राईले एनपी न्यूज डटनेटलाई जानकारी दिनुभयो । पाथिभरा हाउसले कोरियामा आपत–विपत परेका नेपालीहरुको लागी बस्ने व्यवस्थाका साथै सहयोग पनि उपलब्ध गराउने गरेको छ ।

चलचित्रको पहिलो शो अगष्ट २४ तारिखका दिन जोग्येसा हलमा हुने बताइएको छ । दक्षिण कोरियाका विभिन्न स्थानहरुमा चलचित्र ३ महिनासम्म चल्नेछ ।

‘सत्ती एक कु प्रथामा’ आधारित चलचित्र ‘झोला’ लाई यादवकुमार भट्टराईले निर्देशन गरेका हुन् । चलचित्रमा नायिका गरिमा पन्तको मुख्य अभिनय रहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१