बालाजु ल्याबमा नायकले झ्याप्पै समात्दा नीतालाई आपत्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ श्रावण २०७१, शनिबार १८:४६
काठमाडौँ – नायिका नीता ढुंगानालाई बालाजु ल्याबमा एक नायकले झ्याप्पै समात्दा आपत्त परेको छ । आकर्षक पहिरनमा रहेकी नीतालाई नायक स्वेत मानन्धरले झ्याप्पै समात्दा हेर्नेहरुले भने रमाइलो माने । गीतमा पनि ‘झ्याप्पै’ शब्द धेरै पटक प्रयोग भएको छ । IMG_9017
प्रसंग हो चलचित्र ‘भूलभुलैया’को । योगेश घिमिरेको निर्देशनमा शुक्रबारबाट छायांकन सुरु भएको चलचित्र ‘भूलभुलैया’मा नीता र स्वेतको मुख्य भूमिका छ । नायक जीवन लुइटेल भने चलचित्रको यूनिटमा भदौ ३ गतेबाट आवद्ध हुनेछन् । नायिका ढुंगानाले पनि गीत राम्रो बनेको भन्दै आफू अत्यन्त खुशी भएको बताइन् ।IMG_9021
निक्कै आकर्षक सेट लगाएर छायांकन भैरहेको गीतको प्रतिक्रिया राम्रो पाउनेमा निर्देशक योगेश घिमिरे पनि दंग देखिए । वसन्त सापकोटाको संगीतमा तयार भएको गीतमा कविराज गहतराजले नृत्य निर्देशन गरिरहेका थिए । निरज ढकाल कार्यकारी निर्माता रहेको सिनेमामा सुशिल कार्की, सुरेश गौतम, मणिराज दाहालको लगानी छ । चलचित्र चैत्र १३  गतेबाट देशभरका हलमा प्रदर्शनमा आउनेछ ।IMG_8997

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१