आत्मसात गर्न नसके प्रेम सम्बन्ध टुट्छ ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ श्रावण २०७१, शनिबार ०५:०५

एक अर्काप्रति आफ्नो भावना कहिले पनि नबदल्ने सोचेर नै कुनै पनि एक महिला र पुरुष विवाह बन्धनमा बाँधिने गर्दछन् । तर समयसँगै हामी परिवर्तन हुन्छौँ र हाम्रो सम्बन्ध पनि । सम्बन्ध स्थिर नै हुँदैन । परिवर्तनलाई आत्मसात गर्नसके मात्र मानिसहरुको सम्बन्ध सुमधुर हुने गर्दछ । couple-reconciliationयदि यसलाई नबुझेमा पुरै सम्बन्ध नै टुट्न सक्छ । विवाह केवल दुई व्यक्तिसँग जीवन बिताउने मात्र नभई एक अर्काबिच सुमधुर सम्बन्ध बाँध्ने मौका पनि हो । तर आजकाल वैवाहिक बन्धनको उमेर कम भइरहेको छ र सम्बन्ध बिच्छेदको घटनाहरु निकै सार्वजनिक भइरहेका छन् । यसको पछाडि केहि ठोस् कारणहरु पनि रहेका छन् । जसरी समयसँगै व्यक्तित्वमा परिवर्तन आउने गर्दछ त्यस्तै गरि हाम्रो इच्छामा पनि परिवर्तन आउने भएका कारण हामी एक अर्काप्रति प्रेमको अभिव्यक्तिमा पनि परिवर्तन पाउने गर्दछौँ । हरेक वैवाहिक जीवनमा एकआपसमा झगडा हुने नै गर्दछ तर झगडाले सम्बन्धमा के असर पार्छ भन्दा पनि झगडाले के कुरा सिकाउँछ भन्ने कुरा महत्वपूर्ण हुन्छ । समयसँगै बदल्ने गर्दछ प्रेम तर जब हामी प्रेममा पर्दछौँ त्यतिबेला त्यसलाई जीवनभरिको सुनिश्चितता मान्ने गर्दछौँ र यसलाई हामीले जीवनभरिको सुख र प्रशन्नताको ग्यारेन्टीको रुपमा लिने गर्दछौँ । हामी यस्तै भ्रमका कारण दुखी हुन्छौँ तर आफू दुखी भएकोमा अरुलाई दोषारोपण गर्ने गर्दछौँ । समय परिवर्तशील छ भन्ने उक्तीलाई आत्मसात गर्न नसकेका कारण धेरैजसो मानिसहरु दुःखी हुने गर्दछन् जसले प्रेम सम्बन्ध टुट्ने गर्दछ । (एजेन्सी) 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१