टीजेएफ–नेपाल फेवा बैठकद्वारा विभिन्न विभाग गठन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ श्रावण २०७१, शुक्रबार २१:१०

काठमाडौँ ,२३ साउन ।  नेपाल पर्यटन पत्रकार मञ्च (टीजेएफ–नेपाल)को फेवा बैठकले संस्थालाई चलायमान बनाउनका लागि विभिन्न विभागीय समितिहरु गठन गरेको छ । बैठकले हरेक विभागको संयोजक तोकेको छ । तीन सदस्य रहने गरी गठन गरिएको विभागहरुको सदस्य भने आगामी बैठकमा तोकिने छ । 10295797_1447205312208469_966489309239124581_n

बैठकले संघसंस्था समन्वय समिति र विदेश विभागको जिम्मेवारी अध्यक्ष शिव अधिकारीलाई दिएको छ । त्यस्तै प्रचार प्रसार विभागको संयोजकमा महासचिव नवराज अधिकारी, पुरस्कार विभागअन्तर्गत टुरिजम जर्नालिष्ट म्यान अफ दी इयर अवार्डको संयोजकमा प्रथम उपाध्यक्ष विकास लोहनी र टीजेएफ–नेपाल पर्यटन पत्रकारिता पुरस्कारको संयोजकमा द्धितीय उपाध्यक्ष मधुजगं पाण्डेलाई तोकेको छ भने गन्तव्य प्रवद्र्धन विभागको संयोजकमा सचिव संगम वानियाँलाई तोकेको छ । त्यसैगरी आर्थिक र प्रशिक्षण विभागको संयोजकमा कोषाध्यक्ष प्रकाश खालिङ र पर्वतारोहण विभागको संयोजकमा कार्यसमिति सदस्य कल्पना महर्जनलाई तोकेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१