गाडीभाडा ५ देखि ७ प्रतिशत बढ्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ श्रावण २०७१, बिहीबार १२:२२

सरकारले बस, ट्रक र ट्याक्सीको ५ देखि ७ प्रतिशत भाडा बढाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले इन्धनको मूल्यअनुसार सवारी भाडा बढाउने भन्दै नयाँ भाडा प्रस्ताव भौतिक योजना तथा यातायात मन्त्रालयमा पेस गरेको हो ।bus २०६९ फागुनमा पछिल्लो पटक भाडा बढेको भन्दै त्यसपछि चारपटकसम्म तेलको मूल्य बढे पनि सवारीको मूल्यबढेको थिएन । २०७० सालमै चार पटक मूल्य हेरफेर भएको हुँदा पनि यातायात भाडा नबढेको भन्दै विभागले यस्तो प्रस्ताव गरेको नागरिकमा खबर छ । ‘छ महिनाअघि तेलको मूल्य बढेको छ,’ विभागका प्राविधिक निर्देशक सरोजराज अधिकारीले भने, ‘यसै आधारमा बढाउन लागेका हौं ।’ उनका अनुसार पाँचदेखि सात प्रतिशत बढाउन एक हप्ताअघि मन्त्रालयमा फाइल पेस गरिएको छ । सो प्रस्ताव क्याविनेटबाट पास हुने व्यवस्था छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१