नवलपरासीमा गाईको मासु बेचेको आरोपमा दुई युवक पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० भाद्र २०७४, मंगलवार १३:५०

नवलपरासी । प्रहरीले गाई काटेर मासु बेचेको अभियोगमा नवलपरासीका २ युवकलाई पक्राउ गरेको छ ।

नवलपरासीको मध्यविन्दु नगरपालिका ९ वसन्तपुरका बुद्ध बिक र केशब केसी पक्राउ परेका हुन् । उनीहरुले स्थानीय थुम्कीदेवी सामुदायिक वनमा गत शनिबार लुकाएर काटेको गाई उनीहरुले गाउँलेलाई भागबिलो लगाएर बेचेका थिए ।

गाई काटेको जानकारी पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनीहरुलाई गाई काटेको ४ दिनपछि प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

कसुर ठहरिएमा उनीहरुलाई मुलकी ऐनको चौपाया सम्बन्धी महलको ११ अनुसार १२ बर्ष कैद सजाय हुने कानुनी व्यवस्था रहेको छ । उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१