युएन पार्क योग समुहको सहयोग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ भाद्र २०७४, सोमबार १६:१४

काठमाडौ । बाढी प्रभावित जिल्लाका लागि युएन पार्क योग समुह र बालकुमारी योग समुहले संकलन गरेको राहत सामग्री हस्तान्तरण गरिएको छ ।
योग अभ्यास गर्न जानेहरुले संकलन गरेको एक लाख आठ हजार दुइ सय पैसठी रुपिया युएन पार्क योग समुहका अध्यक्ष हरि ज्ञवालीले जीबन बिज्ञान केन्द्रका रमेश नेपाललाई हस्तान्तरण गर्नुभएको छ ।
बुद्धनगर युएन पार्कमा आयोजित एका समारोहका बीच सहयोग हस्तान्तरण गर्दे योगाभ्यास गर्नेहरुले हरेक अफ्टयारोमा सहयोग गर्ने गरेको र आगामी दिनमा पनि गर्ने उल्लेख गर्नुभएको छ ।
केन्द्रका सस्थापक नेपालले प्राप्त सहयोग उधोग बाणिज्य महासंघको सहकार्यमा प्रभावित समक्ष पु¥याइने जानकारी गराउनुभएको छ ।
त्यसैगरी युएन पार्क योग समुहले गोकर्ण स्थित संयुक्त अपागता एकता केन्द्रलाई पनि १ लाख ८६ हजार १ सय सहयोग गरेको छ । अध्यक्ष हरि ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा ३५ हजार बराबरको खाधान्न पनि हस्तान्तरण गरिएको थियो । सो अबसरमा अपागता भएकाहरुले युएन पार्क योगसुमह प्रति खुशी ब्यक्त गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१