युवतीको प्रयोग गरेर अपहरण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ श्रावण २०७१, बुधबार १८:१२

काठमाडौं ,२१ साउन  । युवतीको प्रयोग गरेर सरकारी कर्मचारीलाई अपहरण गरी फिरौती असुल्ने धन्दामा संगठित गिरोह सक्रिय रहेको खुलासा भएको छ।
यही धन्दामा संलग्न रहेका गुण्डाका नाईके अभिषेक गिरीलाई प्रहरीले पक्राउ गरेपछि युवती प्रयोग गरेर अपहरण गर्ने नयाँ अपराध शैलीको खुलासा भएको हो। काठमाडौं उपत्यका खानेपानी लिमिटेडका लेखा सहायक अच्युत प्रसाद रेग्मीलाई बन्धक बनाएर रकम असुली गरेको अरोपमा गिरीलाई प्रहरीले पक्राउ गरेको हो। गिरीले आफ्नी प्रेमिका कविता देवी शाक्यलाई प्रयोग गरेर रग्मीलाई सानेपामा बोलाई सर्वाङ्ग नांगो बनाएर फोटो खिचाएर ‘ ब्ल्याकमेलिङ’ गरेर पैसा असुलेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।
gang_rape_22
दुई वर्षअघि राजधानीको दरबारमार्ग स्थित एक रेष्टुरेण्टमा शाक्य र रेग्मीको भेटभएको थियो। सामान्य चिनजान भएपछि छुटिएका रेग्मीले पुन साउन १२ गते दरबारमार्गमा भेटी फोन नम्बर साटासाट गरेका थिए। साउन १४ गते शाक्यले रेग्मीलाई सानेपामा ‘ रमाईलो गरौं’ भन्दै बोलाएपछि रेग्मी पुगेका थिए। सोही समयमा गिरी सहित ताप्लेजुङ तिरिङ्गेका मिलन लिम्बु र झापा गौरादहका राजु श्रेष्ठले रेग्मीलाई बन्धक बनाएका थिए। रेग्मीका अनुसार घाँटीमा गिरीले नै खुकुरी तेर्साएर कपडा खोल्न लगाएका थिए।

परिसरका प्रमुख एसएसपी पुष्पचन्द्र रञ्जितका अनुसार साथमा रहेको पैसा, गहना र घडी लुटेपछि सरीरका सबै कपडा खोल्न लगाएर सर्वाङ्ग नांगो बनाई शाक्यलाई समेत अर्धनग्न बनाएर सँगै राखी फोटो खिचाएका थिए। ‘ पैसा दिने भए देउ होईन भने बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिने र फेसबुकमा समेत फोटो पोष्ट गरिदिने’ भन्दै धम्क्याएको रेग्मीले बताए। १० लाख रूपैंया मागेपनि रेग्मीले आफ्ना साथी मार्फत त्रिपुरेश्वरमा बोलाई एक लाख रूपैंया नगद गिरीको समुहलाई दिएका थिए। प्रहरीले यो समुहबाट एक लाख नगद समेत बरामद गरेको छ। त्यतिले नपुगेर डिल्लीबजार स्थित कानुन व्यवसायीकोमा पुगेर नौ लाखको तमसुकी कपाली काजग गराएको प्रहरीले जनाएको छ। प्रहरीले सो कागज समेत बरामद गरेको छ। ‘ सुरूमा त मैले गिरीलाई चिनेको थिईन, पछि मात्रै थाहापाएपछि झसंग भएँ, रेग्मीले भने।

गिरी यसअघि मोरङमा कर्तव्य ज्यान मुद्दामा पुर्पक्षमा साढे दुई बर्ष जेल सँजाय काटेर सफाई पाई छुटेको, मोरङ प्रहरीकै नियन्त्रणमा तीन पटक सम्म सार्वजनिक अपराध मुद्दा खेपेको, गत असारमा महानगरीय प्रहरी परिसर हनुमानढोकाबाट पक्राउ परि सार्वजनिक मुद्दा खेपेको र गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोथमा सम्पत्ति सुद्धिकरण विभागले पक्राउ गरी मुद्दा चलाएको र ३२ लाख धरौटी तिरेर छुटेका अभियुक्त हुन्। अहिले पनि उक्त मुद्दा विशेष अदालतमा विचाराधीन छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१