कारागारमा छिरेको मृग सिसाले काटेर मर्‍यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ श्रावण २०७१, बुधबार ०६:१३

सोलुखुम्बु,२१ साउन ।  जिल्ला कारागार शाखा सोलुखुम्बुभित्र छिरेको मृग मरेको छ । मगंलबार बिहान कुकुरले लखेटेर भाग्ने क्रममा मृग कारागारभित्र पसेको थियो । कारागारभित्र पसेको मृग आत्तिएर भाग्ने क्रममा झ्यालको सिसाले घाँटी काटिएको थियो ।download (2)

घाँटी काटिएर कारागार परिसरमा लडेको मृग मरेपछि विभिन्न कार्यालय प्रमुखहरुको रोहवरमा जिल्ला वन कार्यालयले व्यवस्थापन गरेको जिल्ला वन कार्यालय सोलुखुम्बुले जनाएको छ । भाले रतुवा मृग करिब १० महिनाको भएको अनुमान गरिएको छ । – रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१