दिउँसो सुत्ने बानीले चाँडै मृत्यु हुने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ श्रावण २०७१, आईतवार १२:५८

(एजेन्सी)– कतिपय मानिसहरु राति सुतेपनी दिउसो सुत्ने बनि परेका हुन्छन । अब दिउँसो सुत्ने निसहरु होसियार हुनुहोस् । एक अनुसन्धानको आधारमा दिउँसो सुत्ने वयस्क र पाको मानिसहरुको चाँडै मृत्यु हुने सम्भावना रहेको बताइएको छ ।खासगरी दिउँसोको निन्द्राले स्वासप्रश्वाससम्बन्धि रोगहरु बढाउने गरेको छ ।

 timthumb

युनिभर्सिटी अफ क्याब्रिजका अनुसन्धानकर्ताका अनुसार ४० देखि ६५ वर्षका उमेरसमूहरुका मानिसहरु जो दिउँसो एक घण्टा भन्दा बढि सुत्ने गर्दछन् उनीहरुको मृत्यु हुने सम्भावना दिउँसो नसुत्ने मानिसहरुको तुलनामा दोब्बर हुन्छ ।

दिउँसो धेरै सुत्नाले स्वास्थ्यमा नकारात्मक असर पुर्याउने गर्दछ । खासगरी श्वासप्रश्वाससम्बन्धि रोगहरु निम्तिने क्याम्ब्रिजका महामारीविद् यू लेंगले बताएका छन । सोहि अनुसन्धानमा १६ हजार मानिसहरुलाई संलग्न गराइएको थियो । सन् १९९८ देखि २००० सम्मको अन्तरमा उनीहरुको सुत्ने बानीको बारेमा परिक्षण गरियो र १३ वर्षसम्म उनीहरुको अध्यान गरियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१