भारतीय प्रधानमन्त्री मोदीले संसदमा सम्वोधन गर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ श्रावण २०७१, आईतवार १२:४६

काठमाडौँ ,१८ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज व्यवस्थापिका संसदलाई सम्वोधन गर्नुहुने भएको छ । मोदीले भण्डै ४० मिनेट संसदमा बोल्नुहुने भएको हो । images-cms-image-000010931संविधानसभा भवन नयाँ वानेश्वरमा ४:२५ बजे मोदीले संवोधन गर्नुहुने भएको संसद सचिवालयका प्रवत्ता मुकुन्द शर्माले जानकारी दिनुभयो । संसदमा संवोधनका लागि अपरान्ह ४ बजे संविधानसभा भवन पुग्नुहुने मोदीलाई सभामुख सुवासचन्द्र नेम्वाङले स्वागत गर्नुहुने भएको छ । नेम्वाङ र मोदीबीच भण्डै २० मिनेटको भेटवार्ता सकिए लगतै मोदीले संसदमा सम्वोधन गर्नुहुने भएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१