मोदी विशेष विमानबाट विहान १०:५० मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ श्रावण २०७१, आईतवार ०९:५४

काठमाडौं ,१८ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज नेपाल भ्रमणमा आउँदैछन् । मोदी विशेष विमानबाट विहान १०:५० मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुग्नेछन् ।

छिमेकी मुलुक भारतका प्रधानमन्त्रीको यो १७ वर्षपछि औपचारिक नेपाल भ्रमण हो । मोदीलाई विमानस्थलको विशिष्ठ कक्षमा प्रधानमन्त्री सुशील कोइरालाले स्वागत गर्नेछन् ।  विमानस्थलमा मोदीको सम्मानमा १९ गोपको सलामी दिँदै भ्रमणलाई राजकीय बनाइनेछ ।images (4)

मोदीले नेपाली सकमक्षी कोइरालासँग आजै भेटवार्ता गर्ने कार्यक्रम छ । भेट २:३० मा प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा हुनेछ । लगतै दुई देशबीच द्धिपक्षीय वार्ता हुनेछ । त्यसअघि मोदीलाई उनी बसेकै होटल हायातमा परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

२०४६ को जनआन्देनालनपछि विदेश राष्ट्र एवं सरकार प्रमुखले रोष्टममा उभिएर संसदलाई सम्बोधन गर्न लागेको यो पहिलो पटक हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१