मोदीको सूचीबाट ज्ञानेन्द्र र वैद्य आउट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ श्रावण २०७१, आईतवार ०७:४०
काठमाडौ, १८  साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तालिकाबाट पूर्वराजा ज्ञानेन्द्र र नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य आउट भएका छन् ।

यही आइतवारबाट हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तालिकामा पूर्व राजा ज्ञानेन्द्र र नेकपा–माओवादीका अध्यक्ष बैद्य भेटवार्तामा अटाउन नसकेका हुन् ।
राजवादीहरुले मोदीले आफ्नो नेपाल भ्रमणमा पूर्व राष्ट्रप्रमुखको हैसियतले पूर्व राजा ज्ञानेन्द्रसँग भेटवार्ता गर्नु पर्ने लविङ गरेका थिए । तर, नेपालमा राजतन्त्रको अन्त्य भई गणतन्त्र आईसकेको अवस्थामा हिन्दुवादी भनेर चिनिएका प्रधानमन्त्री मोदीले भेट्दा अर्कै सन्देश जाने भएकोले भेटवार्ताको सूचीमा ज्ञानेन्द्रलाई नराखिएको स्रोतले बताएको छ ।
त्यसैगरी नेपाल भारतवीचको जलस्रोत सम्झौताको विरोध गरिरहेको नेकपा–माओवादीसँग स्वयम् मोदीले भेट्न चाहेका छैन । तर, मोहन बैद्य र सीपी गजुरेलले भने आफू भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता गर्न इच्छुक रहेको भन्दै आफूहरु भारत विरोध नभएको प्रतितिक्रिया दिएका थिए ।
मोदीले राष्ट्रपति डा रामबरण यादव, प्रधानमन्त्री सुशील कोइराला, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, पूर्व प्रधानमन्त्रीहरु र केही प्रमुख दलका शीर्ष नेताहरुलाई मात्र भेट्ने योजना बनाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१