लाली गुराँस ठुलो स्तम्भ बनाईदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ श्रावण २०७१, आईतवार ०६:१२

योगी योगेन्द्र/संखुवासभा १८ साउन । संखुवासभा ताप्लेजुब र तेह्रथुम क्षेत्रफल ओगटेको तिनजुरे मिल्के जल्जले लालीगुराँस संरक्षित क्षेत्रको प्रवेशद्धार तेह्रथुमको वसन्तपुर वजारमा नेपालकै ठुलो लालीगुराँस स्तम्भ निर्माण अन्तिम चरणमा पुगेको छ । पर्यटन कार्यालय काँकडभिटाको ५ लाख लगानी र वसन्तपुर वजार वासीको चन्दा संकलन गरी ६ लाख ३० हजारको लागतमा उक्त स्तम्भ निर्माण कार्य भईरहेको उक्त स्तम्भ निर्माण समितिका सचिव निरोज खड्काले जानकारी दिनुभयो । kk (1)उहाँको अनुसार वसन्तपुर वजारको पर्यटकीय विकासका साथै तिनजुरे मिल्के जल्जले लाली गुराँस क्षेत्र लाई लाली गुराँसको राजधानी हो भन्ने चिनाउनका लागी यो स्तम्भ निर्माण गरीएको हो। उक्त स्तम्भ निर्माण गर्नका लागी कालीगढ संखुवासभा माम्लिबका चन्द्रमान लिंखा लागी परीरहेका छन । उनले पुवाञ्चल भरका विभिन्न जिल्लामा २ सय वढी मुर्ति तथा सालिक निर्माण गरीसकेको उनले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१