ट्याक्सी भाडा बढ्ने भयो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ श्रावण २०७१, आईतवार ०५:५६

काठमाडौँ ,१८ साउन । यातायात व्यवस्था विभागले ट्याक्सीको भाडा बढाउने भएको छ। भाडा बढाउनुपर्ने लगायत २६ बुँदे माग राखी आन्दोलनरत ट्याक्सी व्यवसायी र यातायात विभागबीच साउन महिनाभित्रैबाट ट्याक्सीको भाडा बढाउने सहमति भएको छ।timthumb
आन्दोलनरत स्वास्तिक स्वारोजगार ऋणी ट्याक्सी व्यवसायी संघले पत्रकार सम्मेलनको आयोजना गरी भाडा बढ्ने सहमति भएको जानकारी गराएको हो ।
यातायात विभागले व्यवसायीको २६ बुँदे मागमध्ये भाडा बढाउने पहिलो माग साउन महिनभित्र गर्ने र बाँकी मागबारे पछि वार्ता गरी समाधान निकाल्नेह सहमति भएको संघका अध्यक्ष प्रकाश बस्नेतले जानकारी दिए।
सरकार भाडा बढाउन सहमत भएको र अन्य मागप्रति सकारात्मक भएपछि आन्दोलन स्थगित गरेको ब्यवसायीले बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१