मोदी भ्रमणका लागि उपत्यका विदा,काठमाडौंमा कहाँ कहाँ जान पाइँदैन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ श्रावण २०७१, आईतवार ०५:४१

काठमाडौँ ,१८  साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण गर्ने दुई दिन आइतबार र सोमबार सरकारले उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।hqdefault
शनिबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरी उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सूचना जारी गर्न निर्देशन दिएको छ।

काठमाडौंमा कहाँ कहाँ जान पाइँदैन
साउन १८ गते आइतार
१) बिहान १० बजे देखि १२ बजेसम्म सिनामंगल, गौशाला, चाबहिल भएर बौद्धतर्फ चल्ने सवारी साधनहरुले उक्त मार्ग प्रयोग गर्न नपाइने।
२) दिउँसो सवा १ बजेदेखि पौने तीन बजेसम्म होटल हयातबाट चाबहील गौशाला, सिनामंगल, तीनकुने, नयाँबानेश्वर, माईतीघर भएर चल्ने सवारी साधनहरु चलाउन नपाइने।
३) दिउँसो साँढे ३ बजे देखि साँढे ४ बजेसम्म सिंहदरबार, माईतीघर, भएर तीनकुने तर्फ जाने सवारी साधनहरु चलाउन नपाइने।
४) अपरान्ह साढे चार बजेदेखि साँझ साढे पाँच बजेसम्म नयाँ बानेश्वर, तीनकुने, सिनामंगल, गौशाला, चावहील, भएर बौद्ध तर्फ जाने सवारी साधनहरु चलाउन नपाइने।
साउन १९ गते सोमबार
१) बिहान ९ बजेदेखि साँढे १० बजेसम्म बौद्ध, चुच्चेपाटी, चावहील, गौशाला, सिनामंगल भएर चल्ने सवारी साधनहरु चलाउन नपाइने।
२) बिहान पौने ११ बजेदेखि साँढे ११ बजेसम्म र साँढे १२ बजेदेखि साँढे १ बजेसम्म लाजिम्पाट, पानीपोखरी, बालुवाटार, नारायणगोपालचोक, धुम्बाराही, सुकेधारा, चावहील, बौद्ध भएर चल्ने सवारी साधनहरु चल्न नपाइने।
३) अपरान्ह् ४ बजेदेखि साँझ ५ बजेसम्म बौद्ध, चावहील, गौशाला, सिनामंगल, तीलगंगा, तिनकुने भएर चल्ने सवारी साधनहरु चलाउन नपाइने।
साथै महानगरिय ट्राफिक प्रहरी महाशाखाले उक्त माथि उल्लेखित रूट भएर चल्ने सवारी साधनलाई बैकल्पिक मार्ग प्रयोग गर्न भनेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१