भोजपुरका तीन गाविस सुनकोशी नदी थुनिएपछी उच्च जोखिममा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ श्रावण २०७१, शनिबार १८:४६

गणेश विष्ट / भोजपपुर, १७ साउन

सुनकोशी नदी थनीएपछी भोजपुरका दक्षीणी तीन गाविस हसनपुर , दुम्माना र पाँङचा उच्च जोखिममा परेका छन ्।
सुनकोशी नदि थुनिए पछी भोजपुरका तिन गा.वि.स उच्च जोखिममा रहेको छ । दुम्माना , पाङ्गचा, हसनपुर गा.वि.स जोखिममा परेको हो । पहिरोले थुनिएको नदि एकै चोटी फुटेमा उक्त गा.वि.सका सयौ घर बगाउने सम्भावना रहेको छ । 10583851_764869696903721_948889668616378196_nयसै बिच आज जिल्ला दौविक प्रकोप समितिको बैठक बसी उक्त तिन गा.वि.स लाई संकटग्रस्त गा.वि.स घोषणा गरि सो स्थानको मानिसलाई सुरक्षीत स्थानमा सार्न काम भईरहेको सहायक प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रातीले जानकारी दिए । सुनकोशी नदि थुनिदा भोजपुरको ३ गाविस संकटग्रस्त क्षेत्र घोषणा अवतार राई , भोजपुर साउन १७ सिन्धुपाल्चोक जिल्लाको माख्खा गाविसको जुरे भन्ने स्थानमा पहिरो गई सुनकोशी नदि थुनिएपछि भोजपुरका ३ गाविस संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । जिल्ला दैवि प्रकोप उद्धार समितिको तत्काल वसेको वैठकले ३ गाविस जोखिमयुत्त भएकाले आवस्यक सुरक्षा तथा उद्धार प्रदान गर्ने भन्दै संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । भोजपुरका ३ गाविस हसनपुरको वडा नं ५ को च्याम्लान , वडा नं २ को सिरुवानी र हेम्ववा वडा नं १ को हलेदेटार र मचुवाटार र पाँचा गाविसको वडा नं ५ को थेसुवाघाट रातोगरगरे वयानटार र लसुने एवं वडा नं ४ को सेतो गरगरे एवं दुम्माना गाविसको वडा नं २ को वेलटार वडा नं १ को माझखानी पुछार वडा नं ६ को जोगोटार वडा नं ८ को तोयाम्पा र वडा नं ९ को किनुवा र फरकुवा लाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । जोखिमयुत्त क्षेत्रमा तत्काल सुरक्षाका तिनै निकायलाई सकृयताका साथ संकटग्रस्त क्षेत्रमा परिचालन गरिएको छ । संभावित क्षेत्रमा वसोवास गर्ने घरपरिवारलाई तत्काल सुरक्षित स्थलमा स्थानान्तरण गर्न आवस्यक सुचना सवै पक्षको संयन्त्र मार्फत गर्ने निर्णय समेत उद्धार समितिले गरेको छ । स्थानान्तरण गरिएका घरपरिवारलाई आवस्यक खाद्यान्न , लत्ताकपडा , खानेपानी तथा न्युनतम आवस्यक सामाग्री नेपाल रेडक्रस सोसाईटि , उद्योग वाणिज्य संघ , खाद्य संस्थान , खानेपानी तथा सवडिविजन कार्यलयलले तत्काल व्यवस्था गर्ने भएको छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१