बिश्व वाताबरण दिबस भब्य रुपमा मनाइयो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ जेष्ठ २०७४, मंगलवार ०५:५६

काठमाडौ,२३ जेठ । प्रकृतिसंग हाम्रो संबन्ध , रहिरहोस अनन्त भन्ने नाराका साथ बिश्व बाताबरण दिबस नेपालमा पनि बिभिन्न कार्यक्रम गरि मनाइयो । जुन ५ का दिन बिश्वभर मनाइने यो दिबसका सन्दर्भमा सबैले प्रदुषणमुक्त देश बनाउने प्रतिबद्धता ब्यक्त गर्ने गर्छन ।

नेपालले पनि आगामी दिनमा नेपाललाई प्रद्ुषणमुक्त बनाई माक्स रहित बनाउने दाबी गरेको छ । जनसंख्या तथा बाताबरण मन्त्रालयले प्रज्ञाभबनमा आयोजना गरेको बिशेष कार्यक्रममा राष्ट्रपति बिधादेबी भण्डारीले शहर देखि गाउलाई प्रदुषण्मुक्त बनाउन सबैले आआपनो ठाउबाट भुमिका खेल्न आह्वान गर्नुभएको छ । कार्यक्रममा जनसंख्या तथा बाबरण मन्त्री जयलदेब जोशी , सभासद मानबहादुर बिश्वकर्माले सफाइ कार्यक्रमलाई घरघरबाट प्रारंभ गर्नु पर्ने बताउनुभएको छ । सो अबसरमा राष्ट्रपति भण्डारीले बिभिन्न क्षेत्रबाट बाताबरणका क्षेत्रबाट योगदान पु¥याउनेहरुलाई सम्मान तथा पुरस्कृत गर्नुभएको थियो ।
त्यसैगरी बसुन्धरामा हिमालयन बाताबरण संरक्षण प्रालि र बातबरण संरक्षण केन्द्रले पनि बिशेष कार्यक्रमको आयोजना गरेको थिए । गोपाल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सरसफाइका लागि टोखालाई नमुना बनाइ अन्य नगरपालिकाले अनुकरण गर्ने खालको बनाउने गरी आफुले योजना बनाउन लागेको बताउनुभएको छ ।
त्यस अघि ¥यालीको उदघाटन टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलले गर्नुभएको थियो । ¥यालीले नगरका बिभिन्न ठाउको परिक्रममा गरेको थियो । कार्यक्रममा टोखा नगरपालिकाका बडाध्यक्षहरु , बिधार्थीहरु , कलाकार , पत्रकार बिभिन्न क्षेत्रका प्रतिष्ठित ब्यक्तीहरुको सहभागिता थियो भने वाताबरण सभामा हिमालयन वाताबरण संरक्षण प्रा लिका सचिब भुपाल आचार्य, संचालक गणेश दाहाल , राजन बस्नेत , कलाकार अर्जुन घिमिरे(भद्रगोलका पाडे), तिलक बस्नेत लगायतले बोल्नुभएको थियो ।
ीबहान राष्ट्रिय सभागृहबाट पनि निस्किएको वाताबरण संरक्षण जुलुसले शहरको परिक्रमा गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१