१० करोड रुपैयाँको नयाँ डाइनिङको उदय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ जेष्ठ २०७४, सोमबार ०६:२०

काठमाडौं,२२ जेठ।  कफी, बेकरी, स्न्याक्स, बेभरेज आदि खाने इटरी हाउस काठमाडौंमा कति होलान् ?  यसको ठ्याक्कै जवाफ सायदै कसैसँग होला ।  यस्तै–यस्तै अवस्थाका बीच मध्य बानेश्वरमा एउटा नयाँ डाइनिङको उदय भएको छ । जसमा लगानी मात्रै १० करोड रुपैयाँ पुगिसकेको छ । यत्रो रकम लगानी गर्नेमा तीन जना शिक्षा र पर्यटन क्षेत्रका व्यवसायी हुन् । व्यवस्थापन विषयमा कहलिएको ग्लोबल कलेज अफ म्यानेजमेन्टका प्रबन्ध निर्देशक खगेन्द्रप्रसाद ओझा, व्यवसायी मनोज भण्डारी र राजेन्द्र प्रसाद त्रिपाठी यसका लगानीकर्ता हुन् ।
‘हस्पिटालिटी क्षेत्रमा यो आउटलेट नौलो आयाम हो । मध्य बानेश्वर अहिलेको एजुकेसन हब हो । कहलिएका दर्जन बढी स्कुलरकलेज यहीं छन् । मध्य बानेश्वरको बीच सडकमा रहेको पीपलबोटको अघिल्तिरै खुलेको छ डाइनिङ पार्क । पाँच महिना अघिदेखि सञ्चालनमा ल्याइएको हाइनिङ पार्क वास्तवमा इटिङ हाउसको पार्क नै हो । ५ रोपनी क्षेत्रफल भएको यहाँभित्र पसेपछि नेपाली ब्रान्ड रेडचेरीको बिन प्रयोग गर्ने क्याफे छुट्टै छ । रेस्टुरेन्ट र लाउन्ज बार पनि बेग्लाबेग्लै छन् । अहिले यसको कुल अकुपेन्सी २ सय ७० जनाको छ । ७ वटा प्राइभेट युनिट छन् । यहाँभित्र पसिहाल्नुभयो भने करिब करिब फाइफ स्टार होटलको झल्को मिल्छ । आसपासका र काठमाडौंमा कहलिएका रेस्टुरेन्ट र क्याफेमा चलेको मेनु, मूल्य आदि रिसर्च गरेर स्थापना गरिएको यो आउटलेटमा जापानी, थाई, इन्डियन र कन्टिनेन्टल मेनु छ ।
यहाँ ६३ जना कर्मचारी छन् । जसमध्ये ८० प्रतिशतले होटल म्यानेजमेन्ट विषय अध्ययन गरेका छन् । अर्डर लिन ट्याब बोकेर वेटर टेबलमा आइपुग्छन् । बिल पनि ट्याबमै आउँछ । तपाई पनि एकपटक जाने होइन त ? 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१