हिरासतमै जघन्य यातना : ढाड र फिलामा रगत जम्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ जेष्ठ २०७४, शुक्रबार ०६:१०

धादिङ,१९ जेठ  । प्रहरीले पाँच जनालाई हिरासतमै यातना दिएको खबर आजको कान्तिपुरमा छ । चिरौंदी ७ का होटल व्यवसायी कृष्ण गुरुङ, निर्मल नेपाल, सन्तोष यादव, अंकित तामाङ र सूर्य प्रजालाई हिरासतमै कुटपिट गरिएको हो ।

कुटपिटबाट घाइते सबैजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अस्पतलाका अनुसार पीडितहरुको ढाड र फिलामा रगत जमेको छ । तिघ्रा र पिँडुलामा सुम्ला देखिन्छ ।

पीडित व्यापारीले यातनामा संलग्न प्रहरीविरुद्ध स्थानीय प्रशासनमा उजुरी दर्ता गराएका छन् । जोगीमाराको मझिमटारस्थित प्रहरी चौकीका इन्चार्ज नायब निरीक्षक राजु पौडेलले हतकडी लगाएर घोप्टो पारेर बाँसको लठ्ठीले पिटेको उजुरीमा उल्लेख छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१