अस्थायी साधन सम्बन्धी तिन दिने तालीम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ जेष्ठ २०७४, शुक्रबार ०५:२१

शंखर पहाडी।  परिवार नियोजन सम्बन्धी तिन दिने आधारभुत तालीम सम्पन्न भयो । सिन्धुलीमा जेष्ठ १६ गतेबाट परिवार नियोजनका अस्थायी तथा स्थायी साधन सम्बन्धी जानकारी गराउने उद्देश्यले आयोजना गरिएको तालीम आज सकिएको हो ।
ग्क्ब्क्ष्म् को आर्थीक सहयोगमा नेपाल सिआरएस कम्पनीको आयोजनामा सो तालीमको आयोजना गरिएको थियो । तिन दिन सम्मचलेको तालीममा महिलाहरुले प्रयोग गर्ने परिवार नियोजनको अस्थायी साधन संगिनी सुईको प्रयोग यसका फाईदा बेफाईदा लगायतका विषयमा छलफल हुनुको साथै परिवार नियोजनका अस्थायी तथा स्थायी साधनहरुको बारेमा चर्चा गरिएको तालीमका प्रशिक्षक डा।आनन्द नेपालले जानकारी दिनु भयो ।
तिन दिने तालीमको डा।आनन्द नेपाल,अर्पण डिसी,राजेश यादव र अभिनित महत्तोले सहजीकरण गरेका थिए । तालीममा सहभागीहरुको मुल्याङकन गरि उनिहरुलाई प्रमाण पत्रको साथै ब्याबहार सुधारका सामाग्रीहरु परिवार नियोजका सामाग्रीको पोष्टर लगायतका सामाग्रीहरु वितरण गरिएको आयोजकको भनाई छ ।
सिन्धुलीको होटल सिन्धुली इनमा आयोजना गरिएको तालीममा जिल्ला भरीका १७ जना स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको तालीमका प्रशिक्षक राजेश यादवले जानकारी दिनु यो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१