काठमाडौ महानगरपालिकाको सुन्दरता तत्काल बचाउः सर्वोच्च अदालत

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ श्रावण २०७१, बिहीबार ०६:०७

काठमाडौ , १५  साउन  ।

सर्वोच्च अदालतले काठमाडौ महानगरपालिका भित्रका भित्ते लेखन, पर्चा पम्पलेट, विजुलीको पोलमा राखिएका विज्ञापन सामाग्रीहरु हटाउन विपक्षीका नाममा अग्राधिकार सहित परामदेश जारी गरेको छ ।SUPREME-COURT1
 न्यायाधीश चोलेन्द्र शमसेर जवराको एकल इजलासले काठमाडौ महानगरपालिका सहित विभिन्न ८ वटा निकायलाई सुन्दर काठमाडौ बनाउने परिकल्पना अनुसार काम गर्न निर्देशन दिनुभएको हो ।
गत सात गते सर्वोच्च अदालतमा बातावरिणय विकास तथा संरक्षण काननुी मञ्चका अध्यक्ष अधिबक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो ।
 निवेदनमा महानगरपालिका भित्रका भित्ते लेखन, पर्चा पम्पलेट, विजुलीको पोलमा राखिएका विज्ञापन सामग्रीहरु र आकाशे पुलको पर्खालमा रहेका चलचित्र र अन्य विज्ञापन सामग्री हटाउन माग गरिएको छ ।
न्यायाधीश जबराले निवेदकले पेश गरेको फोटोहरु हेर्दा बेन्च मर्माहित भएकोले महानगरपालिकाको सुन्दरता मा तत्काल निखार ल्याउनुपर्ने भएकोले तत्काल कार्यथालनी गर्नु भनि आदेश दिनुभएको सर्वोच्च अदालतले जनाएको छ ।
रिट निवेदनमा काठमाडौ महागनरपालिका भित्रका विभिन्न ठाँउका ५० वटा फोटोहरु पेश गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१