राजधानीमै पेट्रोल बम प्रहार, राजनीतिक प्रतिशोध राखेर नेता महतको कम्पनीमाथि आक्रमण (फोटो सहित )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ बैशाख २०७४, मंगलवार ०६:४०

काठमाडौँ, २६  वैशाख । शिवपुरी ड्रिङ्किङ वाटर इन्डस्ट्रीमा अज्ञात समूहले हिजो  बिहान पेट्रोल बम प्रहार गरी क्षति पु¥याएको छ ।
कम्पनीका सञ्चालक रमेश महतका अनुसार माक्स लगाएर आएका पाँचजनाको समूहले कम्पनीका पालेलाई नियन्त्रणमा लिई अन्धाधुन्ध पेट्रोल बम प्रहार गरेको जानकारी दिनुभयो ।

बम प्रहारबाट कम्पनीभित्र राखिएको बा६च ११७२ नं को कार पूर्ण क्षति पुगेको छ भने बा ५१ प ८५१३ नंको मोटरसाइकल पूर्ण क्षति भएको छ । त्यस्तै बा २६प ८५१३ को मोटरसाइकलमा आंशिक क्षति पुगेको छ ।

नेपाली काँग्रेसका नेता महतले निर्वाचनका समयमा राजनीतिक प्रतिशोध राखेर आफ्नो कम्पनीमाथि आक्रमण भएको आरोप लगानउनुभयो । प्रहरीले उक्त कम्पनीमा भएको क्षतिको विवरण तथा आक्रमणकारीको खोजी अगाडि बढाए पनि २४ घण्टा हुदा पनि आक्रमणकारी पता लागाउन सकेको छैन   ।  

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१