इद उल फित्र पर्व धूमधामका साथ मनाइँदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ श्रावण २०७१, मंगलवार १४:३३

काठमाडौ,  १३ साउन  । विराटनगर, १३ साउन । इस्लाम धर्मालम्बीले आज बिहानदेखि इद उल फित्र पर्व धार्मिक विधिपूर्वक उत्साहका साथ मनाइरहेका छन् ।
यस पर्वको उपलक्ष्यमा पूर्वाञ्चल क्षेत्रका इस्लाम धर्मावलम्बी बिहानै चोखो भएर नयाँ वस्त्रधारण गरी इदगाहमा पुगी नवाज अदा गरी एक अर्काका साथ खुसियाली साटेर पर्व मनाइरहेका छन् ।10556360_812699748754469_1542127257558696409_n

विभिन्न इदगाह तथा मस्जिदमा चहलपहल व्यापकरूपमा देखिन्छ । इस्लाम धर्मको पात्रोअनुसार नवौँ महिनामा एक महिनाका लागि रोजा अर्थात् दिनभरि उपवासमा बसेर पर्वको शुभारम्भ गरिएको थियो ।

गत असार १६ गतेदेखि रोजा सुरु भएपछि सोमबार साँझ चन्द्रमाको दर्शन गरी रोजा पर्व सम्पन्न भएको थियो । रोजा पर्वका अवसरमा कुरान पाठ, अल्लाहको एवादत गर्ने, झुटो नबोल्ने, दान गर्ने र शरीरलाई चोखो राखेर मनाइने परम्परा रहेको छ ।

तीन दिनसम्म मनाइने यस पर्वमा दीनदुःखीलाई दान गर्ने र मीठो परिकार खाने गरिन्छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१