लुम्बिनीमा पर्यटक प्रहरी आउन कठिनाई

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ श्रावण २०७१, मंगलवार १०:२५

बुटवल, १३ साउन  । २०७० साल जेठ २ गतेको मन्त्रिपरिषद बैठकले गौतमबुद्ध जन्मस्थल लुम्बिनी स.इ.को नेतृत्वमा १० जना पर्यटक प्रहरी पठाउने निर्णय गरेको थियो । तर, एक वर्ष नाघिसक्दा पनि लुम्बिनीमा पर्यटक प्रहरी कस्तो हुन्छ देख्न पाइएको छैन् । पर्यटन मन्त्रालयअन्तर्गत रहेको पर्यटक प्रहरीलाई बस्ने पूर्वाधार नहुँदा र तलबभत्ताको समेत व्यवस्था हुन नसक्दा लुम्बिनीमा पर्यटक प्रहरी आउन सकेका छैनन् । logo-of-tourist-polic- लुम्बिनीमा स.इ.को नेतृत्वमा अ.स.ई २ जना, हवल्दार ३ र अन्य ४ जना प्रहरी जवान गरि १० जनाको दरबन्दी तोकिएको छ । सरकारले विदेशी पर्यटकलाई सुरक्षाको प्रत्याभूति दिलाउन र आवश्यक सूचनामूलक सेवा उपलब्ध गराउने उद्देश्यले नेपालका सबै पर्यटकीय गन्तव्यमा पर्यटक प्रहरी खटाउने व्यवस्था गरेको छ । जसअनुसार विश्वभरका बौद्ध धर्म मान्नेहरुको आस्थाको केन्द्र एंव अन्तरााष्ट्रिय पर्यटकीय क्षेत्र ‘लुम्बिनी’ मा १० जनाको दरबन्दी सहित पर्यटक प्रहरी पठाउने निर्णय गरेको थियो । lumbini1नेपालकै सवैभन्दा धेरै पर्यटकहरु भित्रिने र विदेशी पर्यटक दिनहुँ आउने स्थलमध्ये एक भएकाले लुम्बिनीमा पर्यटक प्रहरी आवश्यक छ । तर लुम्बिनी विकास कोष,पर्यटन तथा सस्कृति मन्त्रालय र नेपाल प्रहरीको समेत चासो बढ्न नसक्दा एक वर्ष अघिको निर्णय अझैसम्म कार्यान्वयनमा आउन सकेको छैन् । ‘लुम्बिनीमा पर्यटक प्रहरी अति आवश्यक छ’ पर्यटन बोर्ड भैरहवाका प्रमुख लेखनाथ न्यौपानेले भने –‘ विदेशी पाहुनाका लागि यी प्रहरी सहयोगी हुन्छन् ।’ उनले पर्यटक प्रहरीसँग आफुहरुको समन्वय हुने भएपनि परिचालन पर्यटन प्रहरी कार्यालय काठमाडौंबाटै हुने बताए । लुम्बिनीमा पहिल्यैदेखि पर्यटक प्रहरीको आवश्यकता रहेपनि औपचारीक रुपमा गत वर्ष जेठमा मन्त्रिपरिषद बैठकले दैशैभर पर्यटकीय क्षेत्रमा प्रहरी खटाउने निर्णय गरेको थियो । काठमाडौंमा मात्र सिमित पर्यटक प्रहरी दरबन्दी थपिएसँगै देशभरका पर्यटकी स्थलमा देख्न पाईने र विदेशी पर्यटकलाई सजिलो हुने सरकारी दावी थियो । देशभर इन्सिपेक्टरको नेतृत्वमा २ सय २७ जनाको पर्यटक प्रहरीको दरबन्दी रहेको छ । रूपन्देहीको बेलहिया नाकामा काजमा दुई जना पर्यटक प्रहरी रहेका छन् । बैलहिया पैदलमार्ग हुँदै सवैभन्दा धेरै पर्यटकहरु भित्रिने नाका हो । ‘सीमा क्षेत्रमा विदेशी पर्यटकलाई सास्ती हुने, चोरी डकैती जस्ता क्रियाकलाप हुने भएकाले रूपन्देहीमा दुई जना मात्रै पर्यटक प्रहरी छन्’ पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपका सहि सोवित भण्डारीले भने । उनले पर्यटक प्रहरी लुम्बिनी आवश्यक रहेको बताउँदै सरकारी निर्णय अनुसार नै १० जनाको दरबन्दी व्यवस्था गरेको बताए । आफुहरु तयारी अवस्था रहेपनि लुम्बिनी पूर्वाधार नहुँदा प्रहरी पुग्न नसकेको उनको भनाई छ । लुम्बिनी विकास कोषले प्रहरी बस्ने भवन निर्माण नगर्दा प्रहरी आउन सनेको पर्यटक प्रहरी कार्यालय बताउँछ । लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले भने पर्यटक प्रहरीका लागि भवन निर्माण भइसकेको बताए । ११ लाखको लागतमा भवन निर्माण गरिएको र अहिले नै आएर बस्न मिल्ने उनको भनाई छ । सदस्य सचिव तामाङले लुम्बिनीमा सुरक्षाको खाँचो नरहेको तर पर्यटक प्रहरी चाहेको वेलामा आएर बस्न सक्ने बताए । सदस्य सचिव तामाङले घुमाउरो पारामा पर्यटक प्रहरी नआएपनि केहि फरक नपर्ने धारणा राखेका थिए । तर पर्यटक प्रहरी समग्र सुरक्षाको दृष्टिकोणले भन्दा पनि विदेशी पर्यटकलाई सजिलो र सहयोग गर्नका लागि आवश्यक छ । सन् २०१४ को जुलाईसम्म तथ्याङ्क अनुसार लुम्बिनीमा आन्तरीक र वाह्य गरि ६ लाख ३१ हजार ९ सय ९७ जना पर्यटक भित्रिएका छन् । प्रत्येक वर्ष लुम्बिनीमा पर्यटकहरु थपिरहेका छन् । यसरी पर्यटकहरुको घुइचो हुने ठाउँमा पर्यटकलाई सहयोग गर्न र उनीहरुलाई परेका समस्या समाधानका लागि पर्यटक प्रहरी हुँदा धेरै सजिलो हुने बताइन्छ । बेलहिया नाकाका पर्यटक प्रहरी सही मुकुन्द गौतम भन्छन् –‘हामीले पर्यटको समग्र सुरक्षा त गछौं नै यसका अलवा हामी गाइड पनि हौऔं ।’ उहाँले अन्य प्रहरीहरुले गर्ने कामका अलवा पर्यटकहरुको विशेष ख्याल गर्ने बताउँनुभयो । बेलहिया नाकामा दरबन्दी नरहेपनि काजमा प्रहरीहरु ख्टिन्छन् । उहाँका अनुसार अब केहि दिनमै ६ जना पर्यटक प्रहरीहरु थपिने बताए । कसरी शुरु भयो पर्यटक प्रहरी नेपालमा पहिलोपटक २०३५ सालमा पर्यटक प्रहरीको व्यवस्था गरिएको थियो । तत्कालीन पर्यटन सचिव शङकरप्रसाद कोइरालाको संयोजकत्वमा गठित एक कार्यदलले २०५९ पुस ३ गते पर्यटक प्रहरी थप गर्नुपर्ने सुझाव दिएको थियो । सोही कार्यदलले दिएको निर्णय साढे १० वर्र्षपछि गत वर्ष जेठमा कार्यान्वयन गरिएको हो । जसअनुसार लुम्बिनीमा १० जना,पोखरामा ४४ ,भृकुटीमण्डपमा ३४,पशुपतिमा ८,मुस्ताङ १०,काँकडभित्ता ७,मनाङ १०,भक्तपुर ७,लुक्ला १०,बीरगञ्ज १०,रसुवा १०, सौराहा १०, धनुषा ७,बौद्ध ६,स्वयम्भु ६ जनाको दरबन्दी थपिएको थियो । यसअघि भृकुटीमण्डपमा ३८ जनाको दरबन्दी रहेको थियो । नेपाल प्रहरीकै ऐन तथा नियमभित्र रहेर पर्यटक प्रहरीले काम गर्ने भए पनि पर्यटन क्षेत्रका लागि पर्यटक प्रहरीको काम प्रभावकारी हुने सरकारी दावी छ । पर्यटक प्रहरीको तलबभत्ता भने मन्त्रालयमार्फत विनियोजन गर्ने व्यवस्था गरिएको छ । तर समयमा तलब भत्ता उपलब्ध नगराउँदा र पूर्वाधार निर्माण नहुँदा तोकिएका स्थानमा दरबन्दी रहेपनि प्रहरीहरु जान नसकेको पर्यटक प्रहरी कार्यालयले बताएको छ । पर्यटकको आगमनमा वृद्धि भएसँगै पर्यटक लुटिने, ठगिने र हराउने घटनासहितको गुनासा लिएर आउने क्रम पनि बढेको छ । स्रोत रातोपाटि डटकम 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१