नेपाली चलचित्र ‘लज्जा’को गीत सार्वजनिक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ श्रावण २०७१, मंगलवार ०८:२७

काठमाडौँ – आगामी कार्तिक ७ गतेबाट सार्वजनिक हुन लागेको नेपाली चलचित्र ‘लज्जा’को गीत सार्वजनिक गरिएको छ । ‘के भयो भयो, तिमीलाई देखेपछी’ बोलको गीतमा नायक आर्यन सिग्देल र नायिका शिल्पा पोख्रेले खुलेरै रोमान्स गरेका छन् । सोमबार सार्बजनिक गरिएको गीतमा  बरिस्ट गीतकार किरण खरेलको शब्द रहेको उक्त गीतमा चेतन सापकोटाको संगीत रहेको छ । shilpa-aryanगीतमा स्वर भने राज सिग्देलले दिएका छन् । निर्माता छविराज ओझाको ब्यानरमा निर्मित फिल्म ‘लज्जा’मा म्युजिक भिडियोमा निकै छाएकी मोडल शिल्पा पोख्रेलले हिरोइनमा डेब्यु गरेकी छिन् । डेब्यू फिल्ममा नै स्थापित कलाकारको अपोजिट रोलमा देखिनु पनि शिल्पाको लागी फाइदाजनक देखीएको छ । फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१