फागुन महिनाभरि चन्द्रागिरि जानेले केबलकारमा ५० प्रतिशत छुट पाउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ फाल्गुन २०७३, आईतवार ०७:१९

काठमाडौँ । फागुन महिनाभरि प्रत्येक हप्ताको चार दिन चन्द्रागिरि जानेले केबलकारमा ५० प्रतिशत छुट पाउने भएका छन्। चन्द्रागिरि हिल्सले फागुन महिनाका सोमबार, मंगलबार, बुधबार र बिहीबार केबलकारको टिकटमा ५० प्रतिशत छुट दिने जनाएको हो। ति दिनमा पनि पहिला टिकट काट्ने २ सय जनाका लागि मात्रै यो छुट सुविधा रहेको कम्पनीले जनाएको छ।

ति प्रत्येक दिन २ सय टिकट बुक भइसकेपछि काटिएका अरु टिकटमा भने छुट नरहने चन्द्रागिरि हिल्सले जनाएको छ। छुटका लागि थानकोटस्थित काउन्टरबाट मात्रै टिकट लिइनुपर्ने शर्त राखिएको छ। त्यस्तै सोही दिनका लागि मात्रै टिकट मान्य हुने र अघिल्लो दिन काटिएको टिकटले छुट नपाइने हिल्सले जनाएको छ।

हाल चन्द्रागिरि केबलकारको टिकट प्रतिव्यक्ति ७ सय रुपैयाँ रहेको छ। छुट पाउनेले साढे ३ सय रुपैयाँ तिरे पुग्छ। चन्द्रागिरी जानका लागि काठमाडौंबाट निशुल्क बस सेवा पनि उपलव्ध छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१