सुन तस्कर भागाभाग: डरले विदेश जान थाले

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ माघ २०७३, शनिबार ०८:३२

काठामाडौं ।  सुन तस्करी प्रकरणमा तानिने डरले व्यवसायीले घर छाड्न थालेका छन् । केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार सुन तस्करीमा जोडिएका व्यवसायीले घर छाडेको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

पक्राउ परेकाको बयानका आधारमा पँचजना व्यवसायीको नाम खुलेको छ तर उनीहरुलाई लगातार पछ्याइरहेपनि समाउन सकिएको छैन । ३३ केजी सुन सहित समातिएका भरिया र उनहरुसँग जोडिएकाबारे अनुसन्धान गरिरहेका सीआईबीका ती अधिकारीले भने ।

उनका अनुसार नाम जोडिएका व्यवसायीको नियमित निगरानी गरिएपनि उनीहरु केहि समययता घरमा छैनन् । आरोपितमध्ये केही ठूला व्यवसायी रहेको प्रहरीको दाबसुन तस्करीमा प्रयोग भएका अन्य भरियाबारे पनि प्रहरीले छानविन गरिरहेको छ । पँच जनाको परिचय खुलेको र उनीहरु नेपालमा नरहेको स्रोतले बताएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१