चौथो नुवाकोट महोत्सवमा गोरु जुधाउने परम्परालाई समेटियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ माघ २०७३, शुक्रबार ०७:१६

नुवाकोट । चौथो नुवाकोट महोत्सवमा आज गोरुजुधाइ सम्पन्न भएको छ । नुवाकोट उद्योग वाणिज्य सङ्घको आयोजनामा बट्टारमा चलिरहेको चौथो महोत्सवको सातौंँ दिन आज दर्शकले गोरु जुधाइ समेत हेर्ने अवसर पाएका छन् । जिल्लाका तारुका र वेत्रावतीमा माघेसङ्क्रान्तिको दिन विशेष कार्यक्रमका साथ गोरु जुधाउने परम्परालाई महोत्सवमा पनि समेटिएको आयोजक सङ्घले जनाएको छ । तारुका र वेत्रावतीका एक एक हल गरी दुई हल गोरुले डेढ घन्टा जुधेर दर्शकलाई मनोरञ्जन प्रदान गरेक थिए । तारुकाका धर्मबहादुर श्रेष्ठ र वेत्रावतीका अष्टमान डङ्गोलका गोरुबीच भएको प्रतिस्पर्धामा श्रेष्ठ तथा तारुकाका विष्णुलाल श्रेष्ठ र वेत्रावतीका चन्द्रबहादुर डङ्गोलको गोरुबीच भएको प्रतिस्पर्धामा श्रेष्ठको गोरुले जितेका थिए । विजेता गोरुधनीलाई रु १०–१० हजार र पराजित गोरुधनीलाई रु। पाँच–पाँच हजार प्रदान गरिएको सङ्घका महासचिव दीपक कायस्थले बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१