१७ गतेसम्म लाइसेन्स नवीकरणको काम रोकिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ माघ २०७३, बिहीबार ०७:१६

काठमाडौं। यातायात व्यवस्था विभागले तयार पारेको सफ्टवेयरमा समस्या देखिएपछि लाइसेन्स सम्बन्धी सवै काम रोकिएको छ ।

तीन दिनदेखि रोकिएको लाइसेन्स सम्बन्धी काम अरु चार दिन कायमै रहने विभागले जनाएको छ । अर्थात माघ १७ गतेसम्म लाइसेन्स नवीकरणको काम रोकिनेछ । तर, यो वीचमा दुई दिन विदा परेकाले दुई दिनमात्र सर्वसाधरणको काम रोकिनेछ । माघ १७ बाट भने काम नियमित शुरु विभागको भनाई छ ।
यसैबीच यातायात तथा भौतिक पूर्वाधार मन्त्री रमेश लेखकले लाइसेन्स नवीकरणमा समस्या देखिएपछि विभागका अधिकारीलाई बोलाएर यसवारे जानकारी लिएका छन् ।
जवाफमा मन्त्रालयका सचिव र विभागका अधिकारीहरुले सफ्टवेयर अपग्रेड गर्नुपर्ने भएकाले १७ गतेबाट मात्र लाइसेन्स सम्बन्धी काम सुचारु गर्न सक्ने जानकारी दिएका छन् ।
स्रोतका अनुसार मन्त्री लेखकले फेरि यस्तो समस्या नआउने गरि तत्काल सफ्टवेयर अपग्रेड गर्न र सर्वसाधरणलाई सहज सेवा दिन निर्देशन दिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१