प्रचण्ड सरकारका कुन कुन मन्त्रीको नाममा कति कति छ सेयर ! के छानबिन होला ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ माघ २०७३, बिहीबार ०६:४२

काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भयो । सम्पत्ति विवरण सार्वजनिक भएपछि कतिपय मन्त्रीहरुले भ्रष्टाचार गरी कमाएको अकूत सम्पत्तिको स्रोत ससुरालीले दिएको दाइजो भनेका छन् ।
प्रचण्ड सरकारमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्दै आएका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले ६० तोला सुन र १ सय ५० तोला चाँदी दाइजोबाट प्राप्त भनी देखाएका छन् । मन्त्रीको सम्पत्ति विवरणमा सेयर पनि देखाएका छन् । तर त्यो सेयर कुन बैंक वा वित्तीय संस्थामा हो भन्ने खुलाइएको छैन । पदको दुरुपयोग गरी कमाइएका यस्ता सम्पत्तिका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्नुपर्ने आवाज जनताले उठाएका छन् ।

सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार, सबैभन्दा बढी सेयर राप्रपाबाट भूमिसुधार तथा व्यवस्था मन्त्री भएका विक्रम पाण्डेको देखिएको छ । सबैभन्दा कम सेयर भौतिक पूर्वाधान तथा यातायात मन्त्री रमेश लेखकको नाममा २४ हजार रुपैयाँ बराबरको छ । मन्त्रीहरुको मंसिर २९ गते सार्वजनिक भएको सम्पत्ति विवरणमा मन्त्री पाण्डेको नाममा ५२ करोड रुपैयाँ सेयर रहेको उल्लेख छ । त्यसपछि सबैभन्दा बढी सेयर पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन शाहीको छ । पर्यटनमन्त्री शाहीले ८ करोड रुपैयाँको सेयर देखाएका छन् ।

केही वर्षमात्र जागिर खाएर शाहीले ८ करोडको सेयरदेखि काठमाडौंमा १५ रोपनी जग्गा र घरहरु कसरी जोडे भन्ने प्रश्न कांग्रेस कार्यकर्ताले नै गर्न थालेका छन् । कर्णालीकै एक कांग्रेस नेताले भने, भगौडा पाइलटको यति धेरै सम्पत्ति कहाँबाट आयो, स्रोत खोजी हुनुपर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१