यस्तो छ आलु खानुका फाइदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ माघ २०७३, बुधबार १६:२७

सायद तपाई हामीमध्ये थोरैलाई मात्र थाहा होला की आलु पनि औषधिको रुपमा प्रयोगमा आउन सक्छ । सबैलाई थाहा भएकै कुरा हो की आलु जता पनि ठिक हुने एककिसिमको तरकारी हो । आलुको महिमा भैरब अर्यालले पनि आफ्नो निबन्ध आलुमा गरेकै छन् । अचेल कतिपयले आलुलाई मोटोपन बढाउने तत्वको रुपमा हेरेर आलुको प्रयोग कम गर्न वा नगर्न थालेका छन् । तर आलुको केहि यस्ता गुणहरु पनि छन् जसलाई थाहा पाउनु भयो भने तपाईले आलुको प्रयोग गर्न कहिल्यै छोड्नुहुने छैन । आउनुहोस् जानौं आलुका खास विशेषताहरु स्

आलुमा भिटामिन सी, भिटामिन बि कम्प्लेक्स तथा आइरनको साथमा क्याल्सियम, म्यग्निज, फस्फोरस लगायतका तत्वाहरु हुन्छन । प्रति १०० ग्राम आलुमा १।६ प्रतिशत प्रोटिन, २२।६ प्रतिशत कर्बोहाईड्रेत, ०।१ प्रतिशत बोशो, ०।४ प्रतिशत खनिज र ९७ प्रतिशत क्यालोरी उर्जा पाइन्छ ।
आलुलाई भुटेर खानाले यसले अनाबश्यक बोशो घटाएर मोटोपनलाई पनि सन्तुलित गराउँछ ।
आलुलाई उसिनेको पानीमा एउटा आलुलाई मिचेर कपाल धुनाले कपाल नरम र चम्किलो हुनुको साथै जरैदेखि बलियो हुन्छ । कपाल झर्ने समस्या र चाडै फुल्ने समस्यालाई पनि यसले कम गराउँछ ।
उच्च रक्तचाप भएका व्यक्तिहरुको रक्तचापलाई सन्तुलनमा राख्न पनि आलुको नियमित सेवनले महत्वपुर्ण भूमिका निभाउँछ ।
भुटेको आलुको केहि दिनसम्मको दैनिक प्रयोगले पुरानो कब्जियतलाई पनि निको पर्न सक्छ ।
आलुको दैनिक प्रयोगले अम्लपित्तको सम्भावनालाई पनि घटाउँछ ।
आलुलाई धुलो बनाएर छालामा दल्नाले छालाको रंग गोरो हुन्छ ।
आलुको रसलाई कागतीको केहि थोपा रससंग मिलाएर दागहरुमा लगाउनाले दागहरु केहि हदसम्म हट्छन ।
चारओटा आलुलाई पोलेर त्यसको बोक्रा फालेर नुन खोर्सानी हालेर खाएमा ब्चतजचष्तष्क ठिक हुन्छ ।
आलुको रसलाई मुल्तानी माटोसंग मिलाएर चाउरी परेको भागमा लागेर २० मिनेटसम्म राख्नुहोस, अनि आफ्नो अनुहार धुनुहोस । यसो गर्नाले अनुहारको चाउरीपनाबाट छुटकारा मिल्छ ।
आलुको टुक्रालाई गर्दन, कुहिनोजस्ता भागहरुमा दल्नाले यी भागहरुको छाला नरम र सफा हुन्छन ।
आगोले पोलेको ठाउँमा आलुलाई काटेर दल्नाले केहि हदसम्म आराम मिल्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१