पित्तलको घण्टी दान गर्ने उद्योगीलाई मुढे शनिश्चरेमा भब्य सम्मान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ श्रावण २०७१, मंगलवार ०६:१९

योगी योगेन्द्र/संखुवासभा , ६ साउन। पित्तलको घण्टी दान गर्ने  उद्योगी कृष्ण लिंखालाई आज मुढे शनिश्चरे वजारमा एक कार्यक्रमको आयोजना गरी भव्य स्वागत गरीएको छ । संखुवासभा जिल्लाको तामाफोकमा जन्म भएका लिंखाले मुढे शनिश्चरे वजारको विभिन्न क्षेत्रमा विकासमा महत्वपुर्ण योगदान पुरयाएको भन्दै उहाँलाई  आज  मुढे शनिश्चरे बजारमा भव्य स्वागत गरीएको हो । केहि दिन  मात्र मुढे शनिश्चरे वजार स्थीतको शिवालय मन्दीरमा मुढेकै ठुलो ४२ किलोको पित्तलको घण्टी दान गर्नुभएको थियो । sammanभने केही महिना अगाडी निशुल्क रुपमा आँखा शिवीरको आयोजना  सेवा पुरयाउनुभएको थियो । आयोजित कार्यक्रममा हबकबका उद्योगी लिंखा उहाँका दाजु कमल लिंखा , भान्जा नवीन सुव्वालाई वजारवासीले खदा , माला र अविर लगाई भव्य स्वागत गरीएको थियो । कार्यक्रममा वजार वासीको तर्फवाट मुढे वजार व्यावस्थापन समितिका अध्यक्ष गोविन्द थापा , समाजसेवी भिम लिंखा लगायतका मुढे शनिश्चरे वजारमा रहेका भजन कृतन समुहले पुष्प गुच्छा सहित सम्मान गरीएको थियो । सम्मानपछि उहाले भन्नुभयो म मुढे शनिश्चरे वजारको विकासको लागि निरन्तर लागिरहनेछु ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१