कृषकहरु भुई स्याउ खेतीतर्फ आर्कषित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ श्रावण २०७१, आईतवार ०५:३९

योगी योगेन्द्र/संखुवासभा, ४ साउन । संखुवासभाका कृषकहरु परम्परादेखि नै आलु र मकै खेती गरेर खाद्यन्न संकट टार्न वाध्य दक्षिण पुर्वी संखुवासभा आखीभुई गाविस ९ साउनेगाँउका वासीन्दाहरु पछिल्लो समयमा नगदेवालीतर्फ आर्कषित हुन थालेका छन् ।परम्परागत खेतिवाट भन्दा जडिजुटी जन्य वालीवाट फाइदा हुने भएपछि आँखीभुइ गाविस स्थित ९ साउनेका शेपा, गुरुंग समुदायले किवी, जमिन मुनी फल्ने स्याउको व्यावसायीक रुपमा खेती शुरु गरेका छन् । उच्च हिमाली क्षेत्रमा किवी र यस प्रकारको स्याउले रामैै्र आम्दानी दिने भएपछि यहाँका स्थानियहरुले नर्सरी वनाएर भई स्याउको खेती शुरु गरेका छन् । संखुवासभामा किवी र भुई स्याउ नयाँ वाली हो । apple-treeसाउनेका स्थानिय अगुवा कृषक तेन्जीन शेर्पाका अनुसार गाँउका दुई दर्जन घरले यो खेती थालेका छन् । माटो मुनी फल्ने यो स्याउको वोट सुर्यमुखी फुलको जस्तै हुन्छ र रोपेकै वर्षमा फल दिने कृषि प्राविधीकहरु वताउछन् । माटोमुनि फल्ने सखरखण्ड र लहराको रुखमा फल्ने स्कुसको जरा जस्तै जमिनमुनि फल्ने यो स्याउको वोक्रा ताछे पछि स्वादिलो स्याउ जस्तै हुने कृषकहरु वताउछन् । यसले पत्थरी, सुगर जण्डीस, कव्जीयत लगायत रोगको निदानका लागी फलदाई हुने जानकारहरु वताउछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१