राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन आगामी फागुन ६ देखि ९ सम्म काडमाडौँमा हुदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ मंसिर २०७३, आईतवार ०७:०३

काठमाडौँ, १९  मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन आगामी फागुन ६, ७, ८ र ९ गते काडमाडौँमा हुने भएको छ ।
सो पार्टीको कार्यसम्पादन समितिको पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको बैठकले महाधिवेशनको मिति, स्थान र व्यवस्थापन तथा पार्टीको स्थानीय तहको निर्वाचनसम्बन्धी कार्यतालिका र निर्देशिका कार्यदलका संयोजक बुद्धिमान तामाङद्वारा प्रस्तुत प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ ।%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%9c%e0%a4%be%e0%a4%a4%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%aa%e0%a4%be

त्यसैगरी, संविधान संशोधनसम्बन्धी प्रस्तावको संवेदनशीलता र गम्भीरतालाई दृष्टिगत गर्दै सम्बद्ध पक्षसँग गहन छलफल गर्नुपर्ने ठहर गर्दै बैठकले कानुनविद्, मधेस केन्द्रित राजनीतिक दल एवम् कार्यकर्तासँग परामर्श गर्ने निर्णय गरेको पनि सो पार्टीद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१